रमपम बिराटनगर लिटल आईकन २०१८ को फिनाले असोज ६ गते हुने

रमपम बिराटनगर लिटल आईकन २०१८ को फिनाले असोज ६ गते हुने

बिराटनगर असोज ४  , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको "रमपम बिराटनगर लिटल आईकन २०१८" को फिनाले असोज ६ गते हुने भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा फिनाले हुने आयोजकले जनाएको छ ।

भाइरल डान्स स्टुडियोको आयोजनामा हुनलागेको कार्यक्रममा सहभागीहरुलाई करिब ३ साता सम्मको तालिम पस्चात फाईनल गराउन लागिएको हो  ।

विभिन्न स्कुलबाट छानिएका ७ जना छात्र १२ जना छात्राले फाईनल राउण्डमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा ११ बर्षदेखि १५ बर्ष सम्मका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाएका थिए  । विजेतालाई नगद पुरस्कारको साथमा आर्कषक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्