टिपरको ठक्करबाट मोटरसाईकल चालक घाईते

<span class='c1'>टिपरको ठक्करबाट मोटरसाईकल</span> <span class='c2'>चालक घाईते</span>

विराटनगर, ५ असाेज । मोरङको बेलबारी नगरपालिका-१० डाँगीहाटमा  टिपरले मोटरसाईकललाई ठक्कर दिँदा १ जना घाइते भएका   छन । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३० प ८७५० नम्बरको मोटरसाईकललाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ क २८५५ नम्बरको  टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक  सुन्दर-हरैँचा नगरपालिका-१० बस्ने बर्ष ३५ को रण बहादुर बस्नेत घाइते भई उपचारको लागि नोबेल अस्पताल बेलवारीमा उपचार भईरहेकाे  छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्