बिराटनगर असोज ५ , बिराटनगर महेन्द्र चोकस्थित ग्राजुएट कोचले अस्ट्रेलिया जना चाहनेको बिद्यार्थीको लागि टोरेन्स विश्वबिद्यालयको सेमिनार बिराटनगरमा सम्पन्न गरेको छ । अस्ट्रेलिया टोरेन्स विश्वबिद्यालयका प्रतिनिधि रोमेज मौकाचर स्वयमको उपस्तिथिमा बिद्यार्थीहरुलाई सेमिनार आयोजना गरिएको थियो ।
बिराटनगरमा आज नै ३ वटा सेमिनारमा १ सय ५० बढी बिद्यार्थीको उपस्तिथी रहेको सस्थाका निर्देशक बिश्वेस रिजालले जानकारी दिए ।
ग्राजुएट कोचले अस्ट्रेलिया लगायतका देशमा जान चाहने बिद्यार्थीलाई परामर्श दिदै आएको छ ।