विराटनगरको हनुमान मन्दिर नजिकै सिटी चालकलाई कुटपिट

<span class='c1'>विराटनगरको हनुमान मन्दिर नजिकै</span> <span class='c2'>सिटी चालकलाई कुटपिट</span>

विराटनगर, ५ असोज । विराटनगर १५ स्थित हनुमान मन्दिर नजिक स्थानीयको शुक्रबार कुटपिटबाट एक जना सिटी रिक्सा चालक घाईते भएका छन् । कुटपिटबाट को १ ह ४२२१ नम्बरको सिटीरिक्सा चालक विराटनगर महानगरपालिका–१५ बस्ने बर्ष ३० को ईन्द्रदेब शाह घाईते भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
दिउँसो भाडाको विषयमा विवाद हुँदा सिटीरिक्सामा सवार रहेका बिराटनगर महानगरपालिका १३ का १९ बर्षिय बिरेन्द्र कुमार महासेठ, बर्ष २५ को बिशाल महासेठ, बर्ष ४५ को बिजय महासेठ र बर्ष ३८ को राजेश शर्माले कुटपिट गरेका थिए । कुटपिटबाट घाईते चालकलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याईएको छ ।
कुटपिटमा संलग्न चारै जनालाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्