विराटनगरका कैलाशको जनस्वास्थ्य संघमा उम्मेदवारी

विराटनगरका कैलाशको जनस्वास्थ्य संघमा उम्मेदवारी

विराटनगर, ६ असोज।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका विराटनगरका स्वास्थ्य क्षेत्रका अभियान्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवार दिएका छन ।यहि असोज १३ गते हुने निर्वाचनमा प्रगतिशिल समूहतर्फबाट खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन । सामाजिक क्षेत्रमा समेत लागि परेका श्रेष्ठ सबैबिच लोकप्रियमा गनिन्छन् । प्रदेश १ बाट नेपाल जनस्वास्थ्य संघको खुल्ला सदस्यमा उम्मेदवार दिने एक्ला उम्मेदवारको रुपमा आफु रहेको उनले बताए ।
आफनो ऐजण्डा निर्धक्क साथ राखि स्थापित गराउन सक्ने क्षमता भएको श्रेष्ठ संघभित्र पनि राम्रो भुमिका निर्वाह गर्दै आएका ब्यक्ति हुन् । नेपाल जेसीजमा समेत आवद्ध भएका श्रेष्ठ लियो क्लब तथा अन्य विभिन्न संघसंस्थाहरुमा आवद्ध छन् । स्वास्थ्यकर्मीहरुको हकहितको लागि विगत १५ वर्षदेखी लागि आफु लागिपर्दै आएको उनले बताए ।
यसैबिच असोज १३ गते हुने नेपाल जनस्वस्थ्य संघ नेपालको केन्द्रीय निर्वाचनको लागि उम्मेदवारी दिएको प्रगतिशिल समूले धमाधम अन्तक्रिया कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्