सफलताका लागि बिल गेट्सका ६ सामान्य नियम

सफलताका लागि बिल गेट्सका ६ सामान्य नियम

बिल गेट्सका केही नियमहरुको बिषयमा हामी बताउन गइरहेका छौ, जसले तपाईलाई जीवनमा अगाडि बढ्न, जागिर पाउन तथा सफल विजिनेश गर्न मद्धत पुग्नेछ ।

सूत्र नम्बर १: जीवन सहज छैन
जीवनमा तपाईले जे चाहिरहनुभएको छ, त्यो सहज ढंगले प्राप्त भइरहेको छैन भने कहिल्यै पनि हार नमान्नुहोस् । आफ्नो आक्रोश तथा निराशालाई व्यवस्थित गर्नुहोस् र त्यहाँबाट सिक्दै जीवनलाई सही दिशा दिने सक्दो कोशिश गर्नुहोस् । जिन्दगीमा जति र जस्तोसुकै समस्या आओस्, तपाई आफ्नो लक्ष्यतर्फ अगाडि बढ्ने कुरामा दृढ रहनुहोस् ।

सूत्र नम्बर २: राम्रो काम गर्नुहोस्, इज्जत आफैं बढ्नेछ
विश्वले तपाईको इज्जत वा प्रतिष्ठाको बिषयमा कुनै परवाह गर्दैन । बरु यो विश्वले तपाईलाई आफ्ना लागि केही अनौठो काम गर्न प्रोत्साहित गर्छ । तपाईले केही फरक गरेपछि मात्र मानिसले तपाईको इज्जत गर्न थाल्छन् । अनि तपाईको बिषयमा विश्वले राम्रो सोच्न थाल्छ ।

सूत्रनम्बर ३: के बन्नसक्नुहुन्छ,  त्यो नदेखाउनुहोस्
तपाई भविष्यमा के बन्न सक्नुहुन्छ त्यसका लागि अहिलेदेखि नै देखावटी व्यवहार गर्नुहुँदैन । तपाई कुनै पनि ट्रयापमा नफस्नुहोस् र तपाईको आफ्नो सपनालाई त्यसबेलासम्म सुरक्षित र गोप्य राख्नुहोस्, जबसम्म त्यो यथार्थमा रुपान्तरण हुनेछ । जब तपाईले आफ्नो लक्ष्य प्राप्त गर्नुहुन्छ, तब यो विश्वलाई पनि केही दिन थाल्नुहोस् । ताकि, सबैले तपाईको प्रशंसा गरुन् ।

सूत्रनम्बर ४: कलेजबाट बाहिर निस्किएलगत्तै सीइओ बनिन्न
तपाई कलेजको पढाई पूरा गरेलगत्तै मासिक १ लाख कमाउनसक्ने ठूलै पदमा पुग्न सक्नुहुन्न । तपाई कुनै कम्पनीको सीइओ सोझै बन्न पनि सक्नुहुन्न । बिस्तारै अगाडि बढ्नुहोस्, तर ठूलो मान्छे बन्नुहोस् । तपाई एकैदिनमा कुनै पनि उचाईमा पुग्न सक्नुहुन्न । तपाई जे सोच्नुहुन्छ, त्यो गर्न सक्नुहुन्छ, तर त्यसका लागि पर्याप्त समय चाहिन्छ र तपाईले इमानदारीपूर्वक कर्म  गर्नुपर्छ । तपाईले आफ्नो सफलता पचाउन समेत सक्नुपर्छ, सिक्नुपर्छ ।

सूत्रनम्बर ५: सहनशील र धैर्यवान बन्न सिक्नुहोस्
तपाई धैर्यवान बन्न सिक्नुहोस् । यदि तपाईको शिक्षक तथा सिनियरले तपाईको गल्तीप्रति गाली गर्छन् भने त्यसलाई सहन र मनन गर्न सिक्नुहोस् । तपाईले जागिर खान थालेपछि यस्ता मानिस भेटिँदैनन्, जसले तपाईको गल्ती देखाइदियोस् । किनभने त्यसबेला जागिर दिनेले कम समयमा तपाईबाट बेस्ट रिजल्ट चाहन्छ । यदि तपाईले सो बेला यसो गर्न सक्नुभएन भने तपाईले जागिरबाट हात धुनुपर्ने हुनसक्छ । समय र मौका हुँदै आफ्नो गल्ती सुधार्न सिक्नुहोस् ।

सूत्रनम्बर ६: तपाईको गल्तीको जिम्मेवार अभिभावक होइनन्
यदि तपाई गल्ती गर्नुहुन्छ भने त्यसको भागिदार वा जिम्मेवार तपाईका बुबाआमा होइनन् । तपाईले आफ्नो गल्तीबाट सिक्नुहोस् र अगाडि बढ्नुहोस् । आफ्नो प्रत्येक गल्तीबाट सिक्नुहोस् र त्यसलाई सच्याउनुहोस् ।अर्कामाथि ढुंगा हान्ने(दोष थोपर्ने) काम बन्द गर्न सिक्नुहोस् । तपाईले त्यतिबेला मात्र राम्रो गर्न सक्नुहुन्छ, जतिबेला तपाईले आफ्नो गल्तीको सामना गरेर अगाडि बढ्न थाल्नुहुन्छ । तपाईले आफ्नो गल्ती सुधार्न आमाबुबाप्रति निर्भर बन्ने काम छाडिदिनुहोस् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्