उदयनन्द अर्ज्यालकाे विराटनगरमा परिचयात्मक कार्यक्रम

<span class='c1'>उदयनन्द अर्ज्यालकाे विराटनगरमा</span> <span class='c2'>परिचयात्मक कार्यक्रम</span>

विराटनगर, २९ मंसिर ।
आधुनिक नेपालको इतिहासँग गाँसिएका बहुमुखी प्रतिभाका धनी उदयानन्द अज्र्यालको बिषयमा विराटनगरमा परिचयात्मक कार्यक्रम गरिएको छ ।
उदयानन्द स्मारक प्रतिष्ठान क्षेत्रीय समितिको आयोजना र नेपाल ग्रामीण विकास समाज केन्द्रको सहयोगमा कार्यक्रम गरिएको हो ।
विक्रम सम्बत १८१२ मा सप्तरीको बैरवामा जन्मिएर विक्रम सम्बत १८९४ मा निधन हुनुभएका बहुमुखी प्रतिभाका धनी उदयानन्दले सोमेश्वर विजय वर्णन, कुल वर्ण, दुस्वप्न दोषहर स्त्रोत्र, पृथ्वीन्द्र लगायतका लघु महाकाब्य लगायतका कृति रच्नुभएको कार्यक्रममा जानकारी दिइएको थियो ।
आयोजक प्रतिष्ठानका संयोजक कविराज न्यौपाने, नेरुडेका मणिकुमार अज्र्याल, ध्रुव अज्र्याल र एलिट क्लबका अध्यक्ष डाक्टर भेषप्रसाद धमला लगायतले तत्कालिन समयमा बडाकविका रुपमा सम्बोधन गर्दै उदयानन्दले देशको प्रशासकीय सेवा र ज्योतिष क्षेत्रमा योगदान दिएको बताए । सहभागि वक्ताले आधुनिक नेपालको इतिहाससँग गाँसिएका उदयानन्दको बिषयमा थप अन्वेशषण गर्दै उनंलाई उचित सम्मान दिनुपर्ने बिषयमा जोड दिएका थिए ।
विक्रम सम्बत २००७ सालमा विशिष्ट विद्धान एवम साहित्यकार उदयानन्दको चित्र अंकित टिकटसमेत प्रकाशन गरिएको कार्यक्रममा जनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्