विराटनगरमा क्यान इन्फोटेक २०१९ : डेल्टा टेकको आकर्षण डेल्टा सेल्स एप 

विराटनगरमा क्यान इन्फोटेक २०१९ : डेल्टा टेकको आकर्षण डेल्टा सेल्स एप 

बिराटनगर पुष १८ ,

विराटनगरमा सुविसु क्यान इन्फोटेक २०१९ भोलि पुष १९ गतेबाट सुरु हुदैछ । बिराटनगरको जैन भवनमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ ।

डेल्टा टेकको आकर्षण सेल्स एप 

बिराटनगरमा कार्यालय राखेर संचालनमा रहेको डेल्टा टेकले क्यान इन्फोटेक २०१९ मा आफ्नो बिशेष प्रोडक्टको रुपमा डेल्टा सेल्स एप र डेल्टा इन्भेन्टरी एपलाई राख्ने भएको छ । सफ्टवेयर डेभलपमेन्ट कम्पनीको रुपमा रहेको गोल्छा अर्गनाइजेसन अन्तर्गतको डेल्टा टेकले आफ्नो २ वटा प्रोडक्टलाई बिशेष प्रचार गरिरहेको डेल्टा टेककि निर्देशक एकता गोल्छाले आवर बिराटनगर डट नेटलाई जानकारी दिईन  ।

डेल्टा सेल्स एपले सेल्स समन्धी सम्पूर्ण कार्यहरु गर्न सकिने गोल्छाले जानकारी दिईन  । सेल्स म्यान ट्राकिङ , सेल्स अडर , पेमेन्ट व्यस्थापन लगायतका सेवा दिनेछ भने डेल्टा इन्भेन्टरी एपले कम्पनिको इन्भेन्टरी व्यस्थापनको कामलाई सहज तथा छरितो बनाउने गोल्छाले बताइन । 

डेल्टा टेकको क्यान इन्फोटेक २०१९ मा स्टल नम्बर B7 र B8 मा सम्पर्क राखेर पनि जानकारी लिन सकिनेछ ।

के हुदैछ क्यान इन्फोटेकमा?

इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम पनि मुख्य आकर्षण हुने छन् ।इन्फोटेकमा सहभागिताका लागि अनलाइन र अफलाइन नाम दर्ताको व्यवस्था मिलाइएको आयोजक समितिका सदस्य स्वप्निल कार्कीले जानकारी दिए ।

टिकट काटेका मध्ये लक्की ड्र मार्फत दुबई भ्रमण गर्ने अवसर प्राप्त गर्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्