सुनसरी र मोरङमा उखु खेती गर्ने किसान प्रविधिसँग जोडिदा किसान आकर्षित

सुनसरी र मोरङमा उखु खेती गर्ने किसान प्रविधिसँग जोडिदा किसान आकर्षित

नवराज कट्टेल

विराटनगर, पुस २२ गते । उखु रोप्ने, गोड्ने, काट्ने र खट्टी व्यवस्थापन गर्ने प्रविधि भित्रिएसँगै खेतीमा संलग्न हुने किसानले राहत महसुस गर्न थालेका छन् । बहुवर्षे नगदे बाली उखु खेतीमा संलग्न किसान प्रविधिसँग जोडिएपछि कृषि मजदुर र कामदारको अभावको झन्झटबाट मुक्त हुँदै प्रविधिको प्रयोगमा किसान आकर्षित भएका हुन् ।
कृषिलाई पेसा बनाउँदै आएका किसानलाई प्रविधिले दिएको राहतसँगै पेसाप्रतिको आत्मसम्मानसमेत बढ्न थालेको छ । आत्मसम्मानविहीन झन्झटिलो तर आवश्यकतासँग जोडिएको कृषि पेसामा भित्रिएको यान्त्रिकीकरणको प्रयोगबाट सुनसरी र मोरङमा उखु खेती गर्ने किसानको सङ्ख्यासमेत पछिल्लो दुई वर्षमा वृद्धि भएको देखिन्छ ।
किसानले उखु बाली लगाउने तयारी शुरु गर्दा खेतलाई गहिरो खनजोत गर्न (एनबी प्लाउ), जोतिएको जमिनलाई नाला बनाउन (ट्रेन्ज रिजर), उखु रोप्न (केन प्यान्टर), उखु गोड्ने (ट्रेन्ज) र काटिसकेको उखुको फेदमा रहने खुट्टी व्यवस्थापन गर्न (¥याटुन मेनेजमेन्ट डीआईस) मेसिनको प्रयोग थालेका छन् । किसानको खेतमा पाकेको उखु काट्न र ढुवानीका लागि लोड गर्ने (हार्भेस्टर)समेत सुनसरी बर्जु गाउँपालिका–५ स्थित इस्टर्न सुगर मिलले भित्र्याएको छ ।
कृषिमा बढ्दै गएको यान्त्रिकीकरणका औजारमध्ये उखु खेतीका लागि सबैभन्दा बढी र बहुआयामिक प्रयोगका औजार भित्रिएपछि किसानले राहत महसुस गर्न थालेको सुनसरी देवानगञ्जका कृषक मनोज भगतको भनाइ छ । औजार भित्रिएसँगै यसै वर्षदेखि उखु खेती शुरु गर्नुभएका भगत सबै प्रकारका मेसिन खरिद गरेर खेती गर्न भने नसकिने बताउनुहुन्छ ।machin
पाकेको उखु काट्ने र लोड गर्ने हार्भेस्टरलाई एक करोड रुपियाँको हाराहारी मूल्य पर्ने बताइन्छ । किसानको उखु खरिद गर्दै आएको इस्टर्न सुगर मिलले गत वर्ष भित्र्याएको हार्भेस्टरले तीन जिल्लाका उखु किसानको माग र आवश्यकता धान्न सकेन । यो मेसिनले उखु काटेर र ढु्वानीका लागि सोझै लोड गर्न सक्छ । दैनिक दुई बिघा जमिनको उखु यसले व्यवस्थापन गर्न सक्छ । मिलका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताका अनुसार किसानको माग र आवश्यकता अनुसार तीन जिल्लामा दसवटा हार्भेस्टर मेसिनले तीन महिना काम पाउन सक्छन् ।
खुट्टी काट्ने ¥याटुन मेनेजमेन्ट डिभाइसको एक लाख १६ हजार रुपियाँ मूल्य पर्दछ । यी दुई मेसिनबाहेकका मेसिनको मूल्य किसानले धान्न सक्ने छन् । गहिरो खनजोतका लागि प्रयोगमा आउने (एनबी प्लाउ)को मूल्य ४० हजार, नाला बनाउने ट्रेन्ज रिजर ४२ हजार, उखु रोप्ने केन प्यान्टर २० हजार रुपियाँ पर्ने बताइन्छ ।
इस्टर्न सुगर मिलले भित्र्याएका यी मेसिन उखु किसानले भाडामा प्रयोग गरिरहेका छन् तर किसानले तिनै तहका सरकारमार्फत कृषिमा आउने अनुदानमार्फत मेसिनहरू ख्रिद गरिदिनुपर्ने माग उनीहरूको छ । उखु खेती भइरहेका स्थानीय तहको निगरानीमा रहने गरी यस्ता मेसिनको सहुलियत सरकारले दिनुपर्ने मोरङ कटहरी गाउँपालिकाका किसान देवानन्द शर्मा बताउनुहुन्छ ।
गत वर्ष झापा, मोरङ र सुनसरीका दुई हजार किसानले ११ लाख ७८ हजार क्विन्टल उखु उत्पादन गरेर इस्टर्न सुगर मिललाई बिक्री गरेका थिए । यस वर्ष उखु उत्पादन गर्ने किसानको सङ्ख्या दुई हजार चार सय पुगेकोले १५ लाख क्विन्टल उत्पादन अनुमान गरिएको छ ।
तर, तीनवटै जिल्लामा उखुको खेती लगाउने किसानको सङ्ख्या भने बढेर तीन हजारको हाराहारीमा पुगिसकेको छ । दैनिक ३० हजार क्विन्टल उखु पेल्न सक्ने क्षमता भएको इस्टर्न सुगर मिललाई वार्षिक ३० लाख क्विन्टल उखु उत्पादन भए मिलको आवश्यकता पूर्ति हुन्छ ।
उखुको मूल्यमा ठगिने किसान यान्त्रिकीकरणको प्रयोगबाट उत्पादन लागत घटाउने, उखुसँगै लगाउने अन्य बालीबाट दोहोरो लाभ लिने र बीउमा खतप हुने उखुको परिमाण घटाउने उपायको खोजीमा देखिन्छन् । खरिद गर्ने उद्योगको व्यवस्थापन पक्षको उत्पादन बढाएर किसानको लागत घटाउन सक्दा मूल्यमा खेप्नुपर्ने मार हट्नेमा विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्