अरुण तेश्राेमा धेरै भारतीय कामदार ल्याएकाे स्थानीयकाे गुनासाे, सम्झाैता कार्यान्वायन भएन

<span class='c1'>अरुण तेश्राेमा  धेरै भारतीय कामदार</span> <span class='c2'>ल्याएकाे स्थानीयकाे गुनासाे, सम्झाैता कार्यान्वायन भएन</span>

संखुवासभा , ५ माघ । निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको काम १५ प्रतिशत सम्पन्न भएको छ। भारतको सतलज कम्पनीले निर्माण गरिरहेको परियोजना मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङमार्ग र ड्याम साइडको काम धमाधम संचालन भइरहेको छ।

आयोजनामा दुई हजार ६५ जना भारतीय र नेपालीले काम गरिरहेका छन्। ड्याम साइड क्षेत्र फ्याक्सिदामा जय प्रकाश एसोसियटस् कम्पनी र पावर हाउस दिदिङको पुखुवामा पट्टेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेका छन्। फ्याक्सिदामा ३५२ मिटर सुरुङमार्ग खनिसकिएको सतलज कम्पनीका सिइओ सतिशकुमार शर्माले जानकारी दिए। सिइओ शर्माका अनुुसार पावर हाउस दिदिङको पुखुवा र ड्याम साइड क्षेत्र फ्याक्सिदामा काम गर्ने पूरा निर्माण कम्पनीलाई हटाएर नयाँ कम्पनीलाई जिम्मेवारी दिई निर्माण कार्य तीव्र बनाइएको बताए। आयोजना निर्माण स्थल जाने सडक निर्माण पूरा हुन लागेकाले ढुवानीमा समेत सहज हुने बताइएको छ। निर्माण कार्य ढिला हुनुको मुख्य कारण सडक र आयोजना स्थलमा विद्युत् नभएको आयोजनाले जनाएको छ। सडक निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। निर्माण स्थल ड्याम साइड फ्याक्सिदा र पावर हाउस पुखुवामा विद्युत् पु¥याउन खाँदबारी वितरण शाखासँग सहमति भई तिरतिरे सब–स्टेसन माम्लिङबाट ३३ केभी प्रसारण लाइन  एक वर्षभित्र पुर्‍याउने जनाइएको छ।

स्थानीयको गुनासो

आयोजना निर्माणको क्रममा तीन हजार स्थानीयवासीलाई प्रत्यक्ष रोजगारीको अवसर दिने, सिप नभएका स्थानीयलाई तालिम दिने लगायतका व्यवस्था आयोजना विकास सम्झौता (पिडिए)मा उल्लेख भए पनि भारतीय कामदार बढी प्रयोगमा ल्याइएको छ।  आयोजना प्रभावित क्षेत्रका युवाहरुलाई क्षमताका आधारमा रोजगारी गर्ने लगाउने भनिए पनि त्यसअनुसारको काम नभएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। आयोजना निर्माणका लागि लगानी बोर्ड र सतलज कम्पनीसँगको गरिएको पिडिए कार्यान्वयन हुन सकेको छैन। त्यसैले स्थानीयको अवरोधका कारण आयोजना समय मै पूरा हुन्छ भन्नेमा शंका उत्पन्न भएको छ। पावर हाउस जाने सडक छ्याकुटी–दिदिङ खण्डका स्थानीयले मुआब्जा पाएका छैनन्। त्यस क्षेत्रमा २०४५ सालमा नै मुआब्जा वितरण गरिसकिएको बताउँदै आए पनि पीडितले भने नपाएको भन्दै बेला–बेला काममा अवरोध गर्दै आएको छन्। २०४२ सालदेखि निर्माणको चर्चा चलेको आयोजना राजनीतिक विवादका कारण स्थगित हुँदै आएको थियो।  पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९०० मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।  थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्