विराटनगरमा फोहोर ब्यवस्थापनकाे यस्तो योजना, चाईना कम्पनीसँग मिलेर बिजुली निकाल्ने

विराटनगरमा फोहोर ब्यवस्थापनकाे  यस्तो योजना, चाईना कम्पनीसँग मिलेर बिजुली निकाल्ने

विराटनगर,१४ फागुन ।
केहीदिन अघि बिराटनगर महानगरपालिकाबाट मेयर भीम पराजुलीको नेतृत्वमा उपमेयर ईन्दीरा कार्की, कर्मचारी प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया सहित ईज्जीनियर घनश्याम काफ्लेको टोली चीन गएको थियो ।

करिब ४ दिनको बसाई फर्किएको टोलीले बिराटनगरमा फोहोर ब्यवस्थापनको लागि दिर्घकालिन योजना अघि सार्दै आगामी दिनमा चिनियाँ कम्पनीसँगको सहकार्यमा फोहोर ब्यवस्थाको काम थाल्ने योजना बनाएको हो ।
चिनको चाईना कोन्च भेन्चर होल्डिङ लिमिटेडले नेपालमा लगानी गर्न खोजेकोले उक्त टोलीसँगको सहकार्यमा फोहोर ब्यवस्थापनको लागि काम गर्न लागिएको महानगरले जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले चिनको एन ह्वी प्रदेशको ज्यु ज्याङ जिल्ला उहु नगरपालिकाका मेयर हि माओजीसँगको छलफल पछि बिराटनगर महानगरपालिकसँग भगिनी संगठनको रुपमा स्थापित गर्न लागिएको समेत जानकारी दिए । उनले सोही ठाउँमा रहेको चाईना कोन्च भेन्चर होल्डिङ लिमिटेडसँग बिराटनगर महानगरपालिकाको फोहोर ब्यवस्थापनको लागि कुरा भएको जानकारी दिए ।
विराटनगर महानगरपालिकाका मेयर पराजुलीका अनुसार कोन्च भेन्चरले विराटनगरमा ५ सय मेट्रिकटन फोहोर ब्यवस्थापन गर्ने र फोहोरबाट ५ मेगावाट बिद्युत उत्पादन गर्नेसम्मका योजनाको बारेमा छलफल भएको छ । त्यसको लागि पहिलो चरणमा चाईना कोन्च भेन्चरका प्रतिनिधिको टोली बिराटनगरमा आएर यहाँको अबस्थाको बारेमा जानकारी लिने र फोहोर ब्यवस्थापन गर्न सकिने या नसकिने भन्ने बारेमा पनि छलफल गरेपछि यो प्रक्रिया अगाडि बढ्ने छ । प्रक्रिया अगाडि बढाउनको लागि बिराटनगर महानगरपालिकाले मात्र गर्न सक्दैन त्यसका लागि महानगरपालिकाले त्यसको अध्ययनका लागि एमओई गर्न संघीय सरकारले स्वीकृती दिनुपर्ने हुन्छ, मेयर पराजुलीले भने ।
चाईना कोन्च भेन्चरले काम गर्ने निश्चित भएको अबस्थामा बिराटनगर महानगरपालिकाको मात्र फोहोर ब्यवस्थापन हुने हैन आसपासका गाउँपालिका र नगरपालिकाको फोहोर समेत ब्यवस्थापन हुने छ । दैनिक ५ सय मेट्रिकटन फोहोर ब्यवस्थापनका लागि चाईना कोन्च भेन्चरले ३० बर्षको लागि लिने र उसले १२ देखि १५ अर्बको प्लान्ट निर्माण गर्ने छ । यसका लागि महानगरले केही उसको लागि ठाउँ, केही बिषय महानगरसँग जोडिएर आएपनि प्लान्ट निर्माण र प्रशोधन गर्नेेदेखि बिद्युत निकाल्ने कामसम्म सबै चिनियाँ कम्पनीले नै गर्ने छ।
५ सय मेट्रिकटन फोहोर आवश्यक पर्ने भएकोले त्यसका लागि बिराटनगरको फोहोरले मात्र नधान्ने महानगरपालिका ईन्जिनियर घनश्याम काफ्लेले बताए । बिराटनगर महानगरपालिकाले दैनिक १ सय देखि ११० मेट्रिकटन मात्र दैनिक फोहोर संकन गर्दै आएको छ । चिनियाँ कम्पनीले काम गरेको अबस्थामा नजिकका स्थानीय तहसँग पनि महानगरले नेतृत्वदायी भुमिका खेल्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्