विराटनगरमा मानसिक स्वास्थ्य बारेमा छलफल, मानसिक समस्याको उपचार समुदायमै संभव

विराटनगरमा  मानसिक स्वास्थ्य बारेमा छलफल, मानसिक समस्याको उपचार समुदायमै संभव

विराटनगर, ११ बैशाख ।
मानसिक स्वास्थ्य समस्या सामुदायिक स्वास्थ्यबाट नै सम्भव रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । टिपिओ नेपालले बिराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रसस्तै उपचारको संभावना हुँदाहुँदै पनि उपचार नभएको बताएका हुन् । सरोकारवाला निकायका निती निर्माताहरुले नै सामान्य उपचार नपाउँदा समेत समस्या झेल्न बाध्य भएको बताएका हुन् । सामाजिक विकास मन्त्रालयको समन्वयमा टिपिओ नेपालले बिराटनगरमा कार्यक्रम गर्दै चितवनमा ८ बर्ष लगाएर गरेको अनुसन्धानको तथ्य सार्बजनिक गरेको हो ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले सामुदायिक रुपमा नै उपचार हुने हो भने मानसिक समस्याका रोगीमा कमी आउने आशा ब्यक्त गरे ।
प्रदेश स्तरमा नै मानसिक रोग सम्बन्धि उपचारको लागि ब्यवस्थापन गर्नु अहिलेको आबस्यकता रहेको औल्याउँदै उनले हेल्थपोष्ट स्वास्थ्य चौकीबाट हुने उपचार त्यहाँबाट गराउने र त्यहाँ सम्भव नभएका उपचारहरु मानसिक अस्पतालबाट हुन सक्ने हो भने पछिल्लो समय सडकमा देखिएका मानसिक रोगीको समस्यामा कमी आउने आशा ब्यक्त गरे ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले मानसिक स्वास्थ्यको बिषय हेलचेत्र्याई गर्ने बिषय नभएको स्पष्ट पारे । मन्त्रालयले पनि पछिल्लो आर्थिक बर्ष देखि मानसिक समस्या भएका रोगीलाई उपचार गराउन नसक्नेहरुको लागि बजेट छुट्याएर काम थालेको बताए । उनले भने, ‘सडकमा रहेका मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको लागि उपचार सहयोग कार्यक्रम संचालनमा ल्याएका छौँ, अब त्यस्ता ब्यक्तिलाई उपचारमा समस्या छैन ।’
सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले सामाजिक रुपमा देखिएका समस्याको कारण नै ब्यक्तिहरुमा मानसिक समस्या देखिने गरेको स्पष्ट पारे ।
विभिन्न आरोह अबरोहका कारणले गर्दा मानिसमा मानसिक समस्या देखिएको उनको भनाई छ । ‘मानसिक चिन्ता बढीरहेको छ, सचिव दाहालले भने, यसलाई राष्ट्रले गम्भीरता पुर्बक लिनु पर्छ ।’ प्रदेश सरकारले पनि मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु संचालन गरि रहेकोले आगामी बर्षको कार्यक्रममा प्रदेश १ मा मानसिक अस्पताल संचालनका लागि अगाडी बढ्नै की भन्ने कुरा पनि रहेको सचिव दाहालले उल्लेख गरे ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको टिपिओ नेपालले मानसिक स्वास्थ्यको अबस्थाको बारेमा अनुसन्धान सार्बजनिक गरेको हो । अनुसन्धन कर्ता नगेन्द्र लुईटेलले चितवनमा गरिएको अनुसन्धान पछि सामुदायिक स्वयम सेविकाहरुबाट नै मानसिक समस्या भएका बिरामीहरु फेला पर्ने र स्वास्थ्य चौकीहरुमा उपचार हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्