ईटहरी उप महानगर फोहोर ब्यवस्थापन रणनिति बनाउँदै, फोहोर फाल्दा जरिवानासम्मका योजना

ईटहरी उप महानगर फोहोर ब्यवस्थापन रणनिति बनाउँदै, फोहोर फाल्दा जरिवानासम्मका योजना

विराटनगर, १२ बैशाख । अस्तब्यस्त सुनसरीको ईटहरी क्षेत्रलाई सफा बनाउनको लागि सबै एक मुख भएका छन् । सुनसरीको ईटहरीमा संवाद समुहले आयोजना गरेको छलफलमा सरसफाईले सबैलाई समस्या गरेको निश्कर्ष निकाल्दै नितीगत रुपमा नै कानुन बनाएर फोहोर ब्यवस्थापनमा अघि बढ्ने सहमती भएको हो ।

इटहरीको फोहोर व्यबस्थापनको चुनौती र अहिलेको अवस्था बिषायक संवाद कार्यक्रममा किप इटहरी क्लिन मार्फत इटहरीको फोहोर व्यबस्थापनमा लागेकी मिश्रा माया गुरुङ्गले फोहोर ब्यवस्थापनका लागि सबै एक नहुँदासम्म सफल नहुने बताईन् ।
मिश्रामायाको कुरामा सहमति जनाँउदै नगारिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले काम गर्ने बेलामा कुरा मात्र गरेर नहुने तर्क गरे । उनले त्यसको लागि हरेक घर सफा अभियानको कामबाट ईटहरी हराभरा अभियान चलाउन सकिने बताए ।
उनले अव पनि इटहरीको फोहोर व्यवस्थापनमा काम नगर्ने हो भने इटहरीको फोहोर व्यबस्थापनको चुनौती समाधान हुने अवस्था नरहने स्पष्ट पारे । ‘इटहरीमा किप इटहरी क्लिन अभियान चलिरहँदा इटहरीको सुन्दरता अर्कै थियो अहिले अर्कै भएको छ, उनले भने, यस्तो अवस्था आँउदा ठेकेदार कम्पनीको मुख ताकेर वस्नेकी कार्यपालिका गम्भिर हुने ?’ टोलविकास सस्थाको तर्फबाट बोल्दै सुनिल कार्कीले भने ठेकेदार कम्पनी र नगरपालिका जिम्मेवार नभएको बताए । टोलविकास सस्थाहरुलाई उपेक्षा गरेर उपमहानगर अगाडी बढेकाले पनि फाहोर बढ्दै गएको उनको तर्क थियो ।
पैसा नउठ्दाको पिडा
इटहरीका वडाअध्यक्षहरु नै इटहरी उप महानगरको फोहोर व्यबस्थापनको बिषयमा निरिह देखिए । निजी कम्पनीलाई फोहोर उठाउने जिम्मा दिएको तर सो कम्पनीले काम गरे नगरेको बिषयमा अनुगमन गरेर कारवाही नगर्दा इटहरीको फोहोर व्यबस्थापन हुन नसकेको वडाअध्यक्षहरुले बताए । उनीहरुले इटहरीको फोहोर व्यबस्थापन चुस्त दुरुस्त बनाइ सफा इटहरी बनाउन कार्यपालिका कठोर हुनु पर्ने सुझाब दिएका छन् ।
वडा नम्बर ८का वडा अध्यक्ष भुपेन्द्र बरालले ठेकेदार कम्पनी वेष्ट एण्ड इन्भारोले सम्झौता अनुसार काम नगर्दा आफूहरु निरिह भएर बस्नु परेको बताए । उनले फहोर उठे नउठेको बिषयमा अनुगमन गर्ने अनुगमन समिति नवन्दा समस्या भएको सुनाए । उनले भने‘इटहरीलाई सफा बनाउनु छ भने नगरपालिका फोहोर गर्नेहरुप्रति कठोर हुन जरुरी छ ।’
इटहरी उप महानगर ६ का वडा अध्यक्ष दिपक गौतमले इटहरीको फोहोर व्यबस्थापन पव्लिक पार्टनरसिपमा भइरहेको भएपनि फहोर नउठेको गुनासो गरे । उनले निती बनाएर कठोर नभएसम्म इटहरी सफा नहुने ठोकुवा गरे ।
वडा नम्बर १७का अध्यक्ष भगवानलाल साहले ठेकेदारले चुस्त दुरुस्त काम गर्न नसक्नुको कारण अहिले बजार दुर्गन्धित हुँदै गएको भन्दै ठेकेदारको टाउकोमा समस्या थोपरेर आफु चोखिन खोजे । हामी सधै नगरलाई दुर्गन्ध बनाउने पक्षमा छैनौ, उनले भने ।
शौचालय बनाउने ब्यवसायी
इटहरीको फोहोर व्यबस्थापनमा सघाउन उद्योगबाणिज्य संघ इटहरी सहमति भएको छ । उद्योग बाणिज्य संघ इटहरीका सदस्य प्रत्यासी भिम पौडेलले नगरपालिकाले जग्गा दिए आफ्नै खर्चमा शौचालय बनाइदिने घोषणा गरे । उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी शैलेश बिष्टले फोहोरको बिषयमा उप महानगर गम्भिर हुनु पर्ने र एउटा रोडम्याप बनाएर काम गर्नु पर्ने बताए । खेलाँची पाराले इटहरीको फोहोर व्यबस्थापन नहुने उनको तर्क छ ।
ठेकेदार कम्पनीको माग अनुगमन होस
इटहरीको फोहोर व्यबस्थापनको जिम्मा लिएको वेष्ट एण्ड इन्भारोका मानध्वज मोक्तानले घरबाट बाटोमा ल्याएर फोहोर फाल्नेलाई उप महानगरले कारवाही गर्न माग गरे ।
उनले तोकिएको स्थान र समयमा फोहोर फालिनु पर्ने भएपनि त्यसो नहुँदा समस्या भएको गुनासो गरे । तोकिएको ठाउँमा फोहोर नफालिए जरिवाना तोकेर कारवाही हुनुपर्ने उनको माग छ । उनले नगरपालिको अनुगमन नगर्दा समस्या भएको समेत बताए । ‘सवै जिम्मा हाम्रो मात्रै हो भने जस्तो भएको छ नगर सफा राख्नु सवैको दायित्व हो, उनले भने, फोहोर उठाएको शुल्क नदिने तथा जथाभावी फाहोर फालिदिनाले समस्या भएको छ ।’ हटियाहरुमा हुने फोहोरका कारmण ब्यवस्थीत गर्न समस्या छ त्यस्तालाई नगरपालिकाले कडाइ गरोस् ।
एक महिनामा डष्टबिन र अनुगमन समिति
इटहरी उपमहानगरपालिका वाताबरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले उप महानगरपालिकाले यात्रुलाई लक्षित गरि एक महिना भित्र शहरमा २ सय ६९ वटा डष्टबिन राख्ने तयारी भइरहेको बताए । उनले इटहरी सफा राख्न जीआईएस म्याप तयार गरिरहेको बताए । इटहरीका मेयर, द्धारिकलाल चौधरीले चाँडै फोहोरको अनुगमन गर्नका लागि नगरस्तरीय समिति बनाइने प्रतिबद्धता जनाएका छन् ।
उनका अनुसार अहिले फाहोर व्यबस्थापन सम्बन्धी छुट्टै निती बन्दै गरेकाले अनुगमन समिति र प्राबिधिक समिति बनाएर फाहोर गर्नेलाई दण्ड जरिवानाको व्यबस्था गरिने उनको दाबी छ । उनले भने –‘हामी गम्भिर भएर लागेका छौ । अव इटहरीमा फाहोर गर्नेलाई कारवाही हुन्छ भनेर सुचना निकाल्दै छौ ।’
ईटहरीको फोहोर बिसर्जन गर्ने डम्पिङ साईड नहुँदा तरहराको जंगलमा फाल्ने गरिएको छ । जंगलमा फालिएको फोहोरका कारण सर्बसाधारणलाई राजमार्गमा समेत आवत जावतमा समस्या हूँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्