रबिन्द्र बराल
रंगेली , बैशाख १७
तराई क्षेत्रमा चैत्र महिना देखि असार महिना सम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिस हरुलाई गर्मी बाट केही मात्रामा चिसाेकाे काे अनुभुती कम गर्नेका लागि गर्मी माैसम मा बालु खेती मा फल्ने तर्भुजा खेती हुने गरेको छ । अहिले माेरङकाे रंगेली ,दाेमहाना,कर्सिया,बिराटनगर ,ईटहरी लगायतका हाट बजारमा खर्भुजाकाे बिक्री बडिहुने गरेको पाईएकाे छ ।
रंगेली नगरपालिका ४ स्थित बक्राखाेलाकाे किनारमा अहिले खर्भुजा लटरम्म फेलेकाे देख्न सकिन्छ । साेहि स्थान बस्ने ४५ बर्षका माेदी मंन्डल ले बिगत २५ बर्ष देखि खाेलाकाे बगरमा बर्षेउनि तर्भुजा खेति गरेर ६ महिनाकाे अवधिमा २ लाख रुपैयाँ सम्म काे खर्भुजा बिक्रीवितरण गरेर अाम्दानी लिने गरेका छन । उनले बक्रा खाेलाकाे बगरमा १५ ठेक्का खेत भाडामा लिएर तर्भुजा खेती गरेका छन ।
मंसिर महिनामा राेपेर देखि जेठ महिना उक्त तर्भुज बिक्रीवितरण गर्ने गर्दछन । २ हजार देखि ५ हजार रुपैयाँ सम्मा वलाैटाे खाेला काे घार ठेक्का लिएर खर्भुजा खेति गर्ने गरेका छन ।
एक बिघा खेतमा डेढ किलाे खर्भुजाकाे बीउ लाग्ने गरेकाे र उक्त बीउ काे भारतीय बजार मूल्य प्रति केजी २५ हजार रुपैयाँ भारु पर्ने गरेको समेत बताए । साे तर्भुजा खेती बालु खेतीमा मात्रै हुने भएको ले यसमा अत्यधिक मात्रामा मेहनत लाग्ने गरेकाे र लगानी समेत बडि लाग्ने गरेको छितन मंन्डल ले बताए । कृषक हरुले एक बिघा मा युरिया १५ बाेरा,डिएपि १० बाेरा , र गाईकाे गाेवर समेेेत उक्त खेतमा अावश्यक पर्ने गरेको छ । भने एक बिघामा डेढ लाख रुपैयाँ सम्म खर्च हुने हुने गरेको भेपेेन मंंन्डल ले बताए । साे खर्भुजा काे एक बिरुवा मा तिन बटा सम्म फल्ने गरेको अनुभव कृषक हरु बताउन सुनाए । बिगत बर्ष भन्दा यस बर्ष गर्मी कम भएको हुनाले बिक्री समेत कम भएको कृषक हरु बताउँछन् । अहिले उनले एउटा तर्भुजा ब्यपारी लाई प्रति केजी १५ रुपैयाँ का दरले बिक्री गर्ने गरेका छन भने व्यपारीले बजारमा प्रति केजी ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्ममा बिक्रीवितरण गर्ने गरेका छन ।