मन्त्री कुसियैतद्धारा मोरङको सलकपुरमा प्रदेश स्तरिय नर्सरीको उद्घाटन, बन्यजन्तु पीडित ४ जनालाई राहत

<span class='c1'>मन्त्री कुसियैतद्धारा मोरङको सलकपुरमा प्रदेश स्तरिय नर्सरीको</span> <span class='c2'>उद्घाटन, बन्यजन्तु पीडित ४ जनालाई राहत</span>

विराटनगर, २२ जेठ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा रहेको सव डिभिजन वन नर्सरीलाई प्रदेश १ कै सबैभन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नति गरिएको छ । २ लाख ५० हजार विरुवा उत्पादन गर्ने क्षमताको उक्त नर्सरीको प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले उद्घाटन गरे ।

खाली क्षेत्रहरुमा बृक्षारोपणका लागि विरुवा उत्पादन गर्न र स्थानीयस्तरमा रहेको निजी क्षेत्रहरुमा वन विकास गराई वातावरणीय सुधार ल्याउनका लागि २०३८ सालमा सलकपुर रेञ्ज नर्सरीको नामबाट स्थापना भई संचालनमा आएको थियो । हाल प्रदेश नर्सरीमा स्तरोन्नति भएपछि वर्षभरी नर्सरी तयारी अबस्थामा संचालनमा रहने छ । यसबाट स्थानीयस्तरमा रहेको बिरुवाको बढ्दो मागको आपुर्ति गर्न तथा वन प्रजातिबाहेक अन्य जडिबुटी, फलफुल तथा बहुउपयोगी बहुवर्षीय विरुवाहरु समेत उत्पादन र आपूर्ति गर्ने लक्ष्य लिइएको छ । प्राकृतिक संरक्षणका लागि वृक्षारोपण गर्न विरुवाहरु उत्पादन र वितरण गरी यस नर्सरीले वातावरण संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने विवास लिईएको मन्त्री कुसियेतले बताए ।
यस बाहेक मोरङ जिल्लाका विराटनगर, मंगलवारे, बेलवारी, रंगेली गरी ५ वटा नर्सरी सरकारी स्तरमा सञ्चालनमा रहेका छन् । सलकपुर वन नर्सरीको स्तरोन्नति भएसँगै स्थानीयस्तरमा माग भएका मसला, टिक, कपुर, कर्मा, साज,इमिली,बकाईनो, खयर,सिसौँ, सतिसाल, रुद्राक्ष, धुपी, अमला, सजीवन, विरेन्द्रफूल, कटहर, म्याङगोस्टीन जस्ता बिभिन्न प्रजातिका एकवर्षीय र बहुवर्षीय विरुवाको उत्पादन गरिने जनाएको छ ।
वच्छ वायु स्वस्थ जीवन भन्ने नाराका साथ ४६ औँ विश्व वातावरण दिवसका अवसरमा नर्सरीको स्तरोननती गरिएको हो ।
मन्त्री कुसियेतले प्राकृतिक स्रोतको दोहन रोक्नु सरकारको दायित्व रहेको बताए । उनले अहिले भईरहेको अतिक्रमण र दोहनका कारण त्यसको असर पार्ने भएकाले त्यसलाई जोगाउन संरक्षण गर्न सबै नागरिकको दायित्व भएको उल्लेख गरे । त्यसैलाई मुर्त बनाउनको लागि आजै देखि बिरुवा रोपौँ भन्ने अभियान नै संचालन गरेको मन्त्री कुसियैतले बताए ।
प्रदेश १ प्राकृतिक सांस्कृतिक पर्यटकिय हिसावले देशको उत्कृष्ठ रहेको समेत उल्लेख गरे । मन्त्री कुसियेतले नर्सरीका कर्मचारी चार जनालाई प्रमाणपत्र सहित नगदले सम्मान गरेका थिए । कार्यक्रममा वन्यजन्तुबाट पिडित ४ परिवारलाई राहत वितरण गरिएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजकुमार ओझा, लोकप्रसाद संग्रौला, संविधान सभा सदस्य चन्द्रवहादुर गुरुङ, नगरप्रमुख शिवप्रसाद ढकाल, उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव वद्री ढुङ्गाना, विभिन्न सामुदायिक तथा साझेदारी वनका अध्यक्ष, वन कर्मचारी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सभापति डिभिजन वन अधिकृत विशाल घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्