मोरङको बुढीगंगामा रहेको हिमगिरी सोप इन्डट्रिज गोदाममा आगलागी, २० लाख बढीको क्षति

<span class='c1'>मोरङको बुढीगंगामा रहेको हिमगिरी सोप इन्डट्रिज</span> <span class='c2'>गोदाममा आगलागी, २० लाख बढीको क्षति</span>

विराटनगर, २३ जेठ । मोरङको बुढीगंगा गाउपालिका–२ मा रहेको हिमगिरी सोप इन्डट्रिज प्रालीको गोदाम घरमा बिहिबार दिउसो आगलागी भएको छ । आगलागीबाट २० लाख बढीको क्षति भएको जानकारी उद्योगका सञ्चालकले प्रहरीलाई गराएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार प्लाष्टिकका खाली बोरा, साबुन प्याक गर्ने र्यापर (प्लाष्टिक), काटुन, साबुन बनाउन प्रयोग गरिने केमिकल राखिएको गोदाममा आगलागी भएको हो । घामका कारण केमिकल तातिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका र सुनसरीको दुहवी नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दिउँसो ३ बजे आगो नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्