मिस एसईई मोरङ २०१९ का प्रतिस्पर्धी ट्यालेण्ट राउण्ड

<span class='c1'>मिस एसईई मोरङ २०१९</span> <span class='c2'>का प्रतिस्पर्धी ट्यालेण्ट राउण्ड</span>

विराटनगर, २३ जेठ । मिस एसईई मोरङ २०१९’का प्रतिस्पर्धी ट्यालेन्ट राउण्डमा प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलमा पुगेका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा देखाएका हुन् ।

अन्तिम १२ मा पुगेका प्रतियोगिले विराटनगरमा बिहीबार भएको ‘मिस ट्यालेन्ड’ मा उनीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । टयालेन्ट राउन्टमा नृत्य, गायन, कविता, चुड्किला लगायतको प्रस्तुती देखाए ।
यही जेठ ३१ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहमा हुने फाइनलमा नीतु श्रेष्ठ, कृतिका पौडेल, भारती राजवंशी, अदिती मण्डल, दिक्षा गुप्ता, अन्सु लामा, सिम्पल कोइराला, जेनिशा आले, प्रशान्ती चापागाई, सुस्मीता लामा, आरुषी कर्ण र रिया मिश्र पुगेको एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक सुशिल घिमिरेले जानकारी दिए ।

यस वर्षको एसईई परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको इभेन्ट संचालक अर्जुन श्रेष्ठले बताए । ‘सीप र संस्कार सहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँको साथै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा गरिने ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा हुनेछ । प्रतियोगिताको विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअप हुनेलाई विराटनगरको शिक्षादीप कलेजले छात्रवृति प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्