ओखलढुङ्गामा एक व्यक्तिको शव फेला , हत्याको आशंका

ओखलढुङ्गामा एक व्यक्तिको शव फेला , हत्याको आशंका

ओखलढुङ्गा जेठ २४ , ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ ओदेखोलामा एक व्यक्तिको शव फेला परेको छ ।

भीरमुनीको खोल्सामा फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्ध बहादुर थापाको रहको प्रहरीले जनाएको छ ।बुधबार राती भीरबाट लडेर उनको मृत्यु भएको बताइएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान गरिने प्रहरीको भनाई छ ।

थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा फेला परेका छन् ।उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा झिकाइएको छ । भीरबाट दुवै जना लडेको भनिएपनि एउटाको मृत्यु हुनु र अर्काे सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको स्थानीयले जनाएका छन् ।

मृतक रुद्ध बहादुर थापा र दिपक बुढाथोकी नाताले मामा भान्जा हुन् । उनिहरु दुबैजना खसी व्यापारी हुन् । बुधबार साँझ खसी व्यापार गरेर काठमाण्डौबाट फर्केका उनीहरु नवलपुरमा बास बसेका थिए ।काठमाडौँबाट आउँदै गर्दा रात परेपछि उनीहरु नवलपुरको होम कुमारीको होटलमा सँगै बास बसेका थिए । तर उनीहरु रातारात होटल छोडेर भागे ।

खसी ब्यापार गर्ने दुई मध्ये मृतक रुद्ध बहादुरले डेढ लाख रुपैयाँ बोकेको जनाइएको छ ।

रातको समयमा नदी किनारबाट टर्च बालेर केही मानिसहरु आएको देखेका थिए । त्यो देखेर उनिहरु पैसा लुट्न आयो भन्दै रातारात होटल छोडेर भागेको बताइएको छ ।

भाग्ने क्रममा चम्पादेवी–२ स्थित ओदेखोला भीरबाट दुवैजना लडेको घाइते दीपक बुढाथोकीले बताए ।लडेकामध्ये रुद्र बहादुरको मृत्यु भयो भने दिपक बुढाथोकी घाइते भए  ।गाउँपालिका अध्यक्ष नवराज केसीले घटनाको प्रकृतिले भीरबाट लडेको जस्तो नदेखिने बताए । “भीरबाट लडेको भए माथि धस्रेको जस्तो देखीन्थ्यो त्यस्तो केही देखिँदैन, घटना सुनियोजीत जस्तो देखिन्छ । थप प्रहरीको अनुसन्धानले बताउनेछ ।’

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख पुष्पराज मल्लले घाइते भएका बुढाथोकी प्रहरी हिरासतमा रहेको र घटनाको विषयमा अनुसन्धान भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्