इलाममा नेपाल-भारतका ट्राभल एजेन्सी सम्मिलित मोटरसाईकल एक्सपिडिसन हुने

इलाममा नेपाल-भारतका ट्राभल एजेन्सी सम्मिलित मोटरसाईकल एक्सपिडिसन हुने

इलाम जेठ १४ , इलाम लगायत मेची क्षेत्रको नै पर्यटन प्रर्द्धन गर्ने उद्देश्यले मोटरसाईकल एक्सपिडिसन गरिने भएकाे छद ।

बिहीबार मेची पहाडी क्षेत्र पर्यटन प्रर्वधन समितिका कार्यकारी निर्देशक केशव द्यौराली ५ दिनको एक्स्पीडीसन २५ गते बुधबार भारतको सिलिगुरीबाट झापाको काँकरभिट्टटा हुँदै शुरु हुने जानकारी दिए ।

२७ वटा बाईकमा १८ भारतीय ट्रावल एजेन्सीका र ९ जना नेपाली ट्राभल एजेन्सीका रहने जनाइएकाे छ । एक्स्पीडीसनमा सहभागीहरु पहिलो दिन झापाको बाहुनडाँगीको बाटो हुँदै बहुवन भएर बर्नेमा निस्कने र मेची राजमार्ग हुँदै जोरकलसमा खाना खाने कार्यक्रम तय भएकाे छ । त्यसपछि सहभागीहरु हाँसपोखरी पाथीभरा क्षेत्रमा होल्ड हुने र कन्यामको अवलोकन गर्दै इलाम बजार आएर रात बिताउनेछन् ।

दोस्रो दिन इलामबजारबाट सुम्वेक हुँदै जमुनाको ढापपोखरीमा गएर होल्ड हुने र त्यही खाना खाने कार्यतालिका छ । सहभागीहरुले मावुको तिनकुनेमा दोस्रो रात बिताउनेछन् ।

तेस्रो दिन तिनकुनेबाट कालपोखरी हुँदै सन्दकपुरमा गएर बस्ने छन् भने चौथो दिन सन्दकपुरबाट माइमझुवा हुँदै माईपोखरीबाट नेपालटार निस्केर मंगलबारेमा वास बस्नेछन् ।

यसैगरी पाचौँ दिन मंगलबारेबाट पानीटार हुँदै माईखोलामा होल्ड गर्ने र माईनगरपालिकाको बाटो हुँदै झापा पुगेर एक्सपिडिसन समापन हुनेछ । एक्स्पीडीसनको क्रममा स्थानीयहरु सँग छलफल पनि गर्दै जाने कार्यक्रम रहेकाे आयाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्