विरोधका बीच मोरङ व्‍यापार संघ कार्यसमितिको निर्वाचन सम्पन्‍न, गरे केही ब्यापारीले बहिस्कार

<span class='c1'>विरोधका बीच मोरङ व्‍यापार संघ कार्यसमितिको</span> <span class='c2'>निर्वाचन सम्पन्‍न, गरे केही ब्यापारीले बहिस्कार</span>

विराटनगर, २४ जेठ ।
उद्योगी व्यावसायीहरुको मुलुककै पहिलो संगठित संस्था मोरङग व्यापार संघको ३२औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ।

शुक्रबार बिराटनगरस्थित ब्यापार संघको कार्यालयमा सम्पन्न निर्वाचनमा एक पक्षले निर्वाचन प्रजातान्त्रिक प्रक्रियाबाट हुन नसकेको जनाउदै बहिस्कार गरेको छ। बिहान साढे ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भनिए पनि करिब डेढघण्टा निर्वाचन लम्बिएको थियो ।
त्यस लगत्तै निर्वाचनमा सहभागि मेघराज सिग्देल, धिरजराज पोखरेल, सुकुमार सेन र अरविन्दकुमार शर्माले निर्वाचन आयोगलाई पत्र बुझाउदै निर्वाचन बहिष्कार गरेका हुन् । वर्तमान कार्यसमितिले सदस्यहरु किर्ते रुपमा बनाएर आफूखुशी एकलौटी सदस्यता बनाएको जनाउदै निर्वाचन बहिष्कार पक्षधरले सत्यतथ्य छानविन गर्दै कार्यक्रम अघि बढाउन निर्वाचन आयोगलाई निवेदन गरेको हो ।

सदस्यता लिदाँ सदस्यले कर विवरण, विजुलीको बिल नबुझाएको त्यसैगरि, केही सदस्यको फर्म उद्योग नै बन्द भएको अवस्थामा संघको सदस्यता उपलब्ध गराइएको निवेदनमा जनाइएको छ। उनीहरुले बन्द भएका उद्योग तथा फर्मको नक्कली कागजात पेश गरि किर्ते सदस्यतासहित निर्वाचन प्रक्रियामा सहभागिको छानविन गर्न माग गरिएको छ।
त्यसैगरी, यसअघि निर्विरोध भएको दुई पद समेत उनीहरुले अवैधानिक भएको जनाएका छन्।

उनीहरुले निर्वाचनमा सहभागि विभिन्न १७ वटा उद्योग तथा फर्म अवैधानिक भएको जनाउदै निर्वाचन आयोगमा निवेदन दिएकाछन्।
यसैबिच निर्वाचनबाट अनिल सारडा, अनुपम राठी, अमित सारडा, आशिष जाजु, दिपेश सुबेदी, प्रकाश मुण्दडा, पवन राठी, सुनिल टिवडेवाल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्