बिहानै टंकीसिनवारीमा बस र मोटरसाईकल जुध्यो, तीनजनाको अबस्था गम्भीर

बिहानै टंकीसिनवारीमा बस र मोटरसाईकल जुध्यो, तीनजनाको अबस्था गम्भीर

विराटनगर, २५ जेठ ।
विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाईकललाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् । को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाईकल ठोक्किएका हुन्।

को २१ प ४३ २४ र स८प २११७ नम्बरको मोटरसाईलमा सवार ४ जनाको अबस्था नै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । तिनैजनाको अबस्थाल गम्भीर रहेकाले उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बस बिहान ५ बजे बिराटनगरबाट भोजपुर जाँदै गरेको अबस्थामा बिपरित दिसाबाट आएको मोटरसाईकल बसमा ठोक्कीन पुगेको र दुर्घटनामा परेर उछिट्टीएको मोटरसाईकलले अर्को मोटरसाईकललाई दुर्घटनामा पारेको प्रहरीले जनाएकोछ ।

घाईतेहरुको बिराट मेटिकल कलेजमा उपचरा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्