मोरङ ब्यापार संघमा प्रकाश मुन्दडालाई अध्यक्ष बन्ने बाटो खुल्यो, निर्वाचनमा कसले कति मत ल्याए

मोरङ ब्यापार संघमा प्रकाश मुन्दडालाई अध्यक्ष बन्ने  बाटो खुल्यो, निर्वाचनमा  कसले कति मत ल्याए

विराटनगर, २५ जेठ । नेपालकै पुरानो उद्योगी व्यापारीहरुको संगठन मोरङ व्यापार सँघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । मतदानपछि शुक्रबार सम्पन्न मतपरिणाम अनुशार उद्योग, वाणिज्य, वस्तुगत र शाखा तर्फकै नतिजा आएको हो ।

३२ औं कार्यसमितिको निर्वाचन परिणाम अनुशार उद्योग तर्फ अनिल सारडा (२१४), अनुपम राठी (२१३), प्रकाश मुन्दडा (२१३) अमित सारडा (२१२), दिपेश सुवेदी (२१२), पवन राठी(२१०), सुनिल टिडेवाल (२१०) र आशिष जाजुले (२०३) मत प्राप्त गर्दै विजयी भएका छन् । ८ जनाको लागि ११ जनाको उम्मेदवारी परेको उद्योग क्षेत्रतर्फ धिरजराज पोखरेल १०, मेघराज सिग्देल १७ र सुकुमार सेन ६ मत ल्याउदै पराजित भएका छन् ।

यस्तै वाणिज्य क्षेत्रतर्फ मनिष कुमार मारु (२७९), विकास कुमार बेगवानी (२७८), नविन रिजाल (२७६), बिनित सिंघानिया (२७६), अनिल कुमार साह (२७५), देवाशिष गोल्छा( २७४, राजेशकुमार अग्रवाल (२७३) र शुशिल सुराना (२६३) विजयी भएका छन् । वाणिज्य तर्फ भने सुनिल बिरला (३४) र अरबिन्द शर्मा (२८) पराजित भएका छन् ।
बस्तुगत क्षेत्रतर्फ भने यसअघि नै सन्तनु रेग्मी र संजयकुमार श्रेष्ठ निर्विरोध भइसकेका छन् । यस्तै शाखा तर्फबाट नवराज चापागाई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अन्तिम मत परिणाम आएसँगै मोरङ व्यापार सँघको बरिष्ठ उपाध्यक्ष रहेका प्रकाश मुन्दडालाई अध्यक्ष बन्ने बाटो प्रशस्त भएको हो । अन्तिम परिणाम अनुशार मुन्दडाकै प्यानलले विजय प्राप्त गरेको हो ।
निर्वाचित १९ जनाको कार्यसमितिको पहिलो वैठकले नेतृत्वका लागि अध्यक्ष लगायतका पदाधिकारी चयन गर्ने प्रावधान संघको विधानमा छ । पदाधिकारी टुङ्खो लागेपछि अध्यक्षले बाँकी दुई जना सदस्य मनोनयन गर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्