संखुवासभामा तास खेल्दै गरेका ९ जना पक्राउ परे

<span class='c1'>संखुवासभामा तास खेल्दै गरेका</span> <span class='c2'>९ जना पक्राउ परे</span>

संखुवासभा, जेष्ठ २५ गते ।

संखुवासभाको खाँदवारी नगरपालिका-१ पोषराज पोखरेलको घरमा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलको घरमा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले घर धनि ४९ बर्षीय पोषराज पोखरेल, सोही स्थानका २७ बर्षीय सुनिल श्रेष्ठ, बर्ष ३५ को कृष्ण प्रसाद राई, बर्ष २४ को रोदन बुढाथोकी, बर्ष ३४ को प्रेम बि.क., बर्ष २८ को सुमन राई र सुचन श्रेष्ठलाई पक्राउ गरेको हो ।

यसैगरी पाँचखपन नगरपलिका-४ का २१ बर्षीय नरेश भण्डारी र ३८ बर्षीय श्रेष्ठ समेत पक्राउ परेका छन् । निजहरुको साथबाट प्रहरीले ७० हजार ६ सय ४० नगद, ५ बुक तास र १ थान दाप सहितको खुकुरी बरामद गरेको छ ।

पक्राउ परेका ९ जनालाई नै जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्