हुदाँ हुदाँ अब भैसी पनि चोरी हुन थाल्यो, विराटनगरमा ५ वटा  भैसी चोरी गर्ने प्रहरीको फन्दामा

<span class='c1'>हुदाँ हुदाँ अब भैसी पनि चोरी हुन थाल्यो,</span> <span class='c2'>विराटनगरमा ५ वटा  भैसी चोरी गर्ने प्रहरीको फन्दामा</span>

प्रेम देवान
विराटनगर २५ जेठ । नेपालमा चोरी गर्ने अनेकौं किसिमका भेटिन थालेका छन् । हामीले सन्दै आएको सुन चोर, पैसा चोर अनि घरका ताल फोडेर सामान चोरी गर्ने सुन्दै आउन थालेका छौ ।
तर पछिल्लो समय चोरी गर्ने यस्तोसम्म भेटिए की ईटहरीमा महिलाहरुको भित्रि वस्त्र अण्डरवयर समेत चोरी गरिएको समाचार सुनेका छौ । हुदा – हुदा विराटनगरमा भैसी चोरी गर्ने समेत फेला परेका छन् । मोरङ प्रहरीले एकै परिवारको भैसी चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय रानी विराटनगर र ईलाका बुधनगर प्रहरीको टोलीले ५ वटा भैसी सहित विराटनगर १८ बाट पक्राउ गरेको छ । प्रहरीको टोलीले विराटनगर १८ बुधनगरबाट शनिबार विहान भैसी सहित २४ वर्षिय संग्रिप यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवत्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो । कटहरी गाँउपालीका वाड न ७ का विनोद कार्कीको ३ वटा दुध दिने र २ वटा पाडा गरी जम्मा साढे ३ लाखको बराबरको मुल्य पर्ने भैसी चोरीमा संग्लनलाई पक्राउ गरेको श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेका यादवलाई चोरी ऐन सम्बन्धी मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ । पक्राउ परेको यादवले यस अघि पनि पटक पटक भैसी चोरी गरी भारतमा लगेर विक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्