मोरङको लेटाङ लाख गाउँको डाँडामा माइली पाथिभरा मन्दिरको सिलान्यास, पर्यटकिय स्थाल बनाईने

<span class='c1'>मोरङको लेटाङ लाख गाउँको डाँडामा माइली</span> <span class='c2'>पाथिभरा मन्दिरको सिलान्यास, पर्यटकिय स्थाल बनाईने</span>

 प्रेम देवान ,
विराटनगर, २५ जेठ ।
लेटाङ नगरपालिका– १ लाखगाउँ  डाडाँमा माइली पाथिभरा माताको मन्दिर शिलान्यास गरिएको छ । लेटाङ नगरपालिकाका मेयर शंकर राईले शनिवार मन्दिरको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मेयर राइले लेटाङ नगरपालिकामा रहेका धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण गरिरहेको बताए ।
राईले धार्मिक पर्यटन विकास गर्न यस क्षेत्रका स्थानियको ठुलो भुमिका रहेको उल्लेख गर्दै मन्दिर परिसरमा तारवार वा कम्पाउण्ड वाल निर्माण र मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । राइले सांस्कृतिक संरचनाहरुको दिगो संरक्षणमा जुट्ने स्थानीयवासीको खुलेर प्रशंसा समेत गरेका थिए । उनले लेटाङमा रहेको राजारानी, कुलाहाङ् झरना र पाथिभरा माता रहेको स्थानलाई प्रचार प्रसार गर्न र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिपर्ने बताए । लाख गाउँको एकवारी सामुदायीक बनको चुरे थुम्कोमा रहेको मनमोहक क्षेत्रमा ९ तल्ले पाथिभरा माताको मन्दिर बनाउने स्थानियको लक्ष्य रहेको छ । मन्दिर ब्यवस्थापन समितिका सल्लाहकार ललित तामाङले सो स्थान पहिले पनि धार्मिक स्थलको रुपमा चर्चित रहेको जानकारी दिए ।
स्थानीय दिलबहादुर लिम्बु (सुर्य) को अध्यक्षतामा मन्दिर ब्यवस्थापन र पुजाआजा कार्यक्रम तथा ब्यवस्थापनको काम थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्