मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गयो, तीन जना घाईते

मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गयो, तीन जना घाईते

झापा, २५ जेठ । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान को १ च ६२१९ नम्बरको कारलाई सोही दिशाबाट को ११ प ६३३७ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाईकलसंग ठोक्किदा दुवै मोटरसाईकलमा सवार ४ जना गम्भीर घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारको लागि तत्काल बिर्तामोडकै बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा ६३३७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका-५ का ३० बर्षीय टेकनाथ घिमिरेको  मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ  ।  सोही मोटरसाईकलको पछाडी सवार गौरादह नगरपालिका-४ की ३१ बर्षीया यमुना देवी न्यौपाने, मे १० प ५१९९ नम्बरका मोटरसाईकल चालक दमक नगरपालिका-१५ का २० बर्षीय जिवन भण्डारी र सोही मोटरसाइकलको पछाडी सवार दमक नगरपालिका-९ का २३ बर्षीय कर्म उरावको सोही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा को १ च ६२१९ नम्बरको कारमा समेत सामन्य क्षति भएको छ   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्