सुनकोशी नदीले बगाएर बालकको मृत्यु

सुनकोशी नदीले बगाएर बालकको मृत्यु

उदयपुर, २५ जेठ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ का नबिन राईको छोरा १२ बर्षीय बिजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ ।

आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका-५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र  आज बिहान घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएका थिए ।

बालकलाई नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास गर्ने क्रममा   दिउँसो ४ बजे घटनास्थल देखि केही तल मृत अबस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्