कटहरीमा मोटरसाईकल दुर्घटना, एकजनाको उपचारको क्रममा बिराटनगरमा मृत्यु

कटहरीमा मोटरसाईकल दुर्घटना, एकजनाको उपचारको क्रममा बिराटनगरमा मृत्यु

मोरङ, जेष्ठ २६ गते ।

मोरङको कटहरी गाउँपालिका-७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । साँझ ६:२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २९ प ८३८० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को ३६ प ३७३० नम्बरको मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका-५ का १९ बर्षीय निरज सरदार गम्भीर घाईते भई तत्काल उपचारको लागि कोशी अञ्चल अस्पताल लगिएकोमा निजको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अर्का मोटरसाईकल चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै मोटरसाईकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्