उपचारको क्रममा बिरामीको ज्यान गएपछि बिर्तामोडको कन्काइ अस्पताल तनावग्रस्त

उपचारको क्रममा बिरामीको ज्यान गएपछि  बिर्तामोडको कन्काइ अस्पताल तनावग्रस्त

बिर्तामोड, २६ जेठ ।  उपचारमा हेलचेक्राइ गर्दा बिरामीको मृत्यु भएको भन्दै झापाको बिर्तामोडस्थित कन्काइ अस्पताल तोडफोड भएको छ ।

यही जेठ २२ गते एपेन्टिसाइटिस रोगको उपचारका लागि भर्ना भएकी इलाम सूर्यादय नगरपालिका–९ की बिबिशा तामाङको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

भर्ना गरेको पाँचौ दिन आइतबार बिहान अस्पतालले उपचार गर्न नसक्ने भन्दै विराटनगर रिफर गरेको र त्यसतर्फ लाने क्रममा बाटोमै तामाङको मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् ।

इलाका प्रहरी कार्यालय अनारमुनिका अनुसार अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । तोडफोड रोक्न प्रहरीले लाठी चार्ज र तीन सेल अश्रु ग्यास हानेको छ ।

घटनाको विषयमा अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्