कुलमानलाई अख्तियार लगाउनुपर्ने कुरा मैले उठाएको होइन : महेश बस्नेत

<span class='c1'>कुलमानलाई अख्तियार लगाउनुपर्ने कुरा मैले</span> <span class='c2'>उठाएको होइन : महेश बस्नेत</span>

खोटाङ, २७ जेठ । नेकपा नेता एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाउनुपर्ने कुरा सदनमा नउठाएको बताएका छन्।

नेकपा खोटाङको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउद्योग मन्त्री बस्नेतले महालेखा परीक्षकले औंल्याएका बेरुजुका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेको भए पनि कुलमानको नाम कहीँ पनि नजोडेको दाबी गरे।

‘मैले कुलमानजीलाई कँही कतै छोएकै छैन। कुलमानजीसँग किन जोडिरहेका छन् त्यो बुझ्न सकिरहेको छैन’, बस्नेतले भने, ‘कुलमानको नाम जोड्यो भने न्युज धेरै शेयर हुन्छ भनेर जोडिदिएको होला। त्यसको पछि नलागौं।’ याे खबर नागरिक दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्