उर्लाबारीको एभरेष्ट मल्टि टेक्निकल कलेज १० औ बर्षमा , अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

उर्लाबारीको एभरेष्ट मल्टि टेक्निकल कलेज १० औ बर्षमा , अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगर जेठ २७ ,

एभरेष्ट मल्टि टेक्निकल कलेज उर्लाबारीद्वारा आयोजित विद्यार्थी प्रगति विवरण तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सगरमाथा साकोसको सभाहलमा कलेजका संरक्षक तथा ब्यवस्थापक सुवन ढकालको अध्यक्षता,मदन भन्डारी मेमोरियल प्रतिष्ठानका रुद्र तामाङको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

उर्लाबारी, रतुवामाई तथा मिक्लाजुङका अभिभावकका साथ विभिन्न व्यक्तित्व बीचको प्रतिक्रियात्मक तथ्यारोपण समाधान साथै समन्वयात्मक तथा समाजका अग्रज व्यक्तित्व रुद्र तामाङद्वारा समयको कोल्टो कता बहँदैछ अनि हाम्रा बालबालिकाको भविष्य कस्तो क्षेत्रमा सुनिस्चित छ भन्ने उत्प्रेरणात्मक कार्यक्रमका साथ कार्यक्रम समापन गरिएको थियो ।

साथै , कलेजको १० औ वार्षिकोत्सवको अवसरमा असार ११ देखि १४ गते सम्म बिभिन्न  कार्यक्रम आयोजना गरिने संचालक ढकालले जनाकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्