इटहरीका प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो स्थान बनाउन सफल

इटहरीका प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो स्थान बनाउन सफल

काठमाडौं जेठ २७ - भारतीय जी टिभीमा सञ्चालित रियालिटी शो सारेगमप लिटिल च्याम्पमा पुर्वको इटहरीका प्रितम आचार्यले तेस्रो स्थान बनाउन सफल भएका छन् । कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भए भने अर्का नेपाली बालक आयुष केसी चौथो हुन सफल भएका छन् ।

 

 

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमको प्रस्तुतिले अडिसनदेखि नै जजहरुलाई निकै प्रभाव पारे पनि तेश्रो स्थानमा उनले चित्त बुझाउनुपरेको छ । प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । उनको जन्म  २०६५ जेठ १० गते भएको थियो । उनी हाल कक्षा ६ मा अध्ययनरत छन् ।

प्रितमले २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो स्थान प्राप्त गरेका थिए । कार्यक्रमको फाइनलमा ६ जना पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्