बिराटनगरमा मारवाडी स्विमिंग प्रतियोगिताको पहिलो सिजन भव्यता पुर्वक सम्पन्न

बिराटनगरमा मारवाडी स्विमिंग प्रतियोगिताको पहिलो सिजन भव्यता पुर्वक सम्पन्न

बिराटनगर जेठ २७ ,

नेपाल अग्रवाल युवा मंच विराटनगरले स्विमिंग प्रतियोगिताको पहिलो सिजन भव्यता पुर्वक सम्पन्न गरेको छ । बिराटनगरको सेन्ट जोसेफ स्कुलको स्विमिंग पुलमा भएको प्रतियोगितामा कुल ६२ जनाले सहभागिता जनाएका थिए । कुल ६ भागमा प्रतियोगितालाई विभाजन गरिएको थियो ।

कार्यम्रममा बेस्ट स्विमिंरको रुपमा रत्नेश धारेवा बन्न सफल भएका थिए । यस्तै अन्य बिजेतालाई पनि बिभिन्न पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिमा रंगोलीका मेयर दिलीप बगडिया तथा नेपाल मारवाडीका राष्ट्रिय उपाध्यक्ष श्री भिखम सरल, नेपाल मारवाडी युवा मंचका अध्यक्ष गोपाल अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्