१२ बर्षिय बालिका बलात्कार गर्ने बिराटनगरका दिलिप भगतलाई १४ बर्ष कैद

१२ बर्षिय बालिका बलात्कार गर्ने बिराटनगरका दिलिप भगतलाई १४ बर्ष कैद

विराटनगर, २७ जेठ ।
१२ बर्षिय बालिकालाई बलात्कार गर्ने बिराटनगर १ का ३८ बर्षीय दिलिप भगतलाई जिल्ला अदालत मोरङले १४ बर्ष ६ महिना कैद सजाय तोकिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको ईजलाशले भगतलाई कैद सहित २० हजार क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका सुचना अधिकारी युवराज पौडेलले जाकारी दिए । गत चैत ४ गते साँझ ७ बजेको समयमा सिँगिया खोला किनारमा सौच गर्न गएको बेला बालिका बलात्कृत भएकी थिईन् । पीडीत परिवारले भगत बिरुद्ध गत चैत ७ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै उनी बिरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्