बम राखेको आशंकामा विप्लव कार्यकर्ता विराटनगरबाट पक्राउ

<span class='c1'>बम राखेको आशंकामा विप्लव</span> <span class='c2'>कार्यकर्ता विराटनगरबाट पक्राउ</span>

विराटनगर २७ जेठ । जनजीवन आतंकित पार्ने गरी यस अघि ठाउँ–ठाउँमा बम राखेको घटनामा संलग्न भएको आशंकामा मोरङबाट एक जना विप्लव कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का ५३ वर्षीय रुद्र पौडेललाई विराटनगर महानगरपालिका–७ डाँफे चोकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । पैदल हिंडिरहेको अवस्थामा आइतबारराति पौडेललाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको हो । पक्राउ परेका पौडेल विरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्