लोकसेवाको कर्मचारी माग अनुचित होइनः उपप्रधानमन्त्री पोखरेल

लोकसेवाको कर्मचारी माग अनुचित होइनः उपप्रधानमन्त्री पोखरेल

[caption id="attachment_87361" align="alignnone" width="1280"] कार्यवाहक प्रधानमन्त्री पोखरेल सञ्चारकर्मीसँगकार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल सोमबार विराटनगर आउँदा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साथमा प्रदेश नं १ का आन्तिरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमर कार्कीद्वारा स्वागत गर्दै । तस्वीर ः मनोज दाहाल ।[/caption]

विराटनगर, २७ जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले गरेकोे कर्मचारीको मागलाई अनुचित भन्न नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘‘प्रदेशस्तरमा लोकसेवा आयोग नबनिसकेको अवस्थामा कर्मचारी पदपूर्तिका लागि प्रक्रिया अघि बढाउनु अनुचित होइन ।’’ लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया समावेशी सिद्धान्तअनुसार अघि बढाएको भनेर आयोगले नै प्रष्ट गरेको पोखरेलको भनाइ छ ।

संवैधानिक अंगले संवैधानिक ढंगबाट अघि बढाएको कामप्रति कार्यपालिकाले अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने पोखरेलले बताए । केन्द्रीय तहमा रहेका कर्मचारीले मात्र प्रदेश र स्थानीय तहमा अपुग हुने भएकाले आयोगले संविधानको व्यवस्था अनुरुप  समावेशी सिद्धान्त अनुसार कर्मचारी पदपूर्ति गर्न खोजेको बताउँदै उनले भने, ‘‘कार्यपालिकाले यसमा हस्तक्षेप गर्न मिल्दैन ।’’ संविधानको व्यवस्थाअनुसार प्रदेशस्तरमा लोकसेवा आयोग बन्ने व्यवस्था रहेपनि अहिलेको अवस्थामा लोकसेवा आयोग नबनेकाले आयोगले कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाएको उनले बताए ।

संविधानमा गरिएको व्यवस्थालाई कार्यपालिका, न्यायपालिका तथा संवैधानिक अंग सबैले पालना गर्नुपर्नेमा पोखरेलको जोड छ । उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई थप व्यवस्थित बनाउने दाबी गरे । भने, ‘‘प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको शक्ति अहिले सरकारमा रहेकाले विधेयकले प्रेसलाई नियन्त्रण गर्ने कुरा कल्पना समेत गर्न सकिँदैन ।’ ’उनले विधेयकले अनुचित र गैरजिम्मेवार ढंगले गर्ने कार्यलाई भने नियन्त्रण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्