सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै ग्यास विक्रेता संघले आन्दोलन गर्ने

सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै ग्यास विक्रेता संघले आन्दोलन गर्ने

विराटनगर, २७ जेठ । एलपी ग्यास विक्रेता संघले सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । एलपी ग्यास विक्रेता संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एलपी ग्यास विक्रेता संघले आन्दोलनको घोषणा गरेको हो । लामो समयदेखि कमिशन वृद्धिको माग गर्दे आन्दोलन गर्दे आएकोमा नेपाल सरकारले २०७६ साल वैशाख १२ गतेदेखि लागू हुने गरी रु ५ रुपैया ४७ पैसा कायम गरे पनि उद्योगीहरुले उक्त रकम नदिएको भन्दै आन्दोलनका घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम भोलि मंगलबारदेखि असार ३ गतेसम्म कालोपट्टी बाधेर विक्री वितरण गर्ने, असार ४ गते जिल्ला प्रशासन कार्यालय र आयल निगममा ज्ञापनपत्र बुझाउने, असार ७ गते वृहत विक्रेता भेला, ८ गते प्रशासनमा चाबी हस्तान्तरण गर्ने, ९ गतेदेखि उद्योगबाट ग्यास नमगाउने र १२ गतेसम्म मौज्जात ग्याँस सकी विक्री वितरण नगर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्