परीक्षाफल त्रुटीपुर्ण आएको भन्दै महेन्द्र मोरङका बिद्यार्थीको असन्तुष्टी, राम्रा बिद्यार्थीको पनि १–५ नम्बर मात्र

परीक्षाफल त्रुटीपुर्ण आएको भन्दै महेन्द्र मोरङका बिद्यार्थीको असन्तुष्टी, राम्रा बिद्यार्थीको पनि १–५ नम्बर मात्र

विराटनगर, २७ जेठ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा विएस्सी तेस्रो बर्षमा अध्ययनरत फिजिक्स समूहका विद्यार्थीहरुले दोस्रो बर्षको परीक्षाफल त्रुटिपूर्ण भएको आरोप लगाएका छन् ।

दोस्रो बर्षको परीक्षामा विएस्सी फिजिक्स समूह अन्तर्गत मेजर गणित लिएर अध्ययनरत ५० जना विद्यार्थीमा २ जना मात्रै पास भएको र बाँकी ४८ जना विद्यार्थीहरुको १ देखि ५ नम्बर मात्र आएर फेल बनाईएको आरोप लगाएका हुन् ।
उनीहरुले रिटोटलिङका लागि आवेदन दिएपनि अहिलेसम्म नतिजा सार्वजनिक नभएको बताए ।

उत्कृष्ट विद्यार्थीको पनि ४, ५ नम्बर मात्र आएपछि उनीहरुले पुनर्मुल्याङ्कन आवेदन दिन गएको भएपनि त्रिभुवन बिश्वबिद्यालयले तर्साउने र दुख दिएको बिद्यार्थीको आरोप छ । अन्य बिषयमा राम्रो अंक आएका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले अनावश्यक नियम राखेर आफूहरुको रिटोटलिङको नतिजा पनि नपठाएको र कपी पनि हेर्न नदिएको विद्यार्थी मनिषकमार साहले गुनासो गरे ।

यस्तै विद्यार्थीहरुले क्याम्पसमा यो बिषयमा ज्ञापनपत्र बुझाउँदा समेत वेवास्ता गरिएको विद्यार्थीले आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्