विराटनगरका उद्योगीका गुनासो ‘सरकारले उद्योगीका माग सम्बोधन गर्न सकेन’

<span class='c1'>विराटनगरका उद्योगीका गुनासो ‘सरकारले उद्योगीका</span> <span class='c2'>माग सम्बोधन गर्न सकेन’</span>

विराटनगर,२८ जेठ । विराटनगरका उद्योगीहरूले सरकारले उद्योगीका माग सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । सोमवार विराटनगरमा भएको उद्योग संगठन मोरङको ४७ औं वार्षिक साधारणसभाका सहभागीले सरकारले उद्योगलाई कुनै प्रकारको बन्देज नलगाई सहज वातावरणमा काम गर्न दिनुपर्ने बताएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बैंकको बढ्दो ब्याजदर घटाउन, उद्योगले प्रयोग गर्ने डिजेलमा मूल्य अभिवृद्धि करमा साविकको व्यवस्था यथावत् राख्न माग गरेका छन् । उनले भारतको मीरगन्ज पुलको समस्या कुटनीतिक तबरबाट समाधान गरिदिन पनि माग गरे । घिमिरेले लोडशेडिङ हटेपनि लो भोल्टेज समस्या यथावत रहेको भन्दै यसको तत्काल समाधान गरिदिन, मोरङ, कटहरीका स्थानीयले अवरुद्ध गरेको विद्युत् समस्या समाधान गरिदिन पनि आग्रह गरेका छन् ।

घिमिरेले सरकारले बैंक ब्याजदर सिंगल डिजिट बनाउन पहल गर्नुपर्नेमा जोड दिँदै विकासका लागि अब उद्योगी र राजनीतिक पार्टी सच्चिनुपर्ने बताएका छन् ।

यस्तै, उद्योगी मोती दुगडले उद्योग, व्यवसायलाई दुःख दिइने प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै कुनै बाधाविना व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरलाई संघीय सरकारले हेर्ने दृष्टिकोण पक्षपाती रहेको भन्दै विराटनगरका लागि संघीय सरकारले दिइएको बजेट कम रहेको बताए ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्योगीका समस्या बुँदागत रूपमा ल्याउन आग्रह गर्दै आफू समस्या समाधान गर्न लागि पर्ने बताए । उनले सरकार उद्योगमैत्री नीति तथा कार्यक्रमका साथ सरकार अगाडि बढेको स्पष्ट पारे ।

कार्यक्रममा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई लगायतले तीनै तहका सरकारबीच समन्वय गरेर उपयुक्त नीति तथा कार्यक्रमका साथ आर्थिक र औद्योगिक विकासमा जुट्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्