इनरुवामा ७८ बर्ष पछि पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्माईयो

इनरुवामा ७८ बर्ष पछि पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्माईयो

इनरुवा जेठ २८ , जिल्ला अस्पताल इनरुवामा ७८ बर्ष पछि पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्माईएको छ । प्रसुति रोग विशेषज्ञ डा. बालकृष्ण साहले इनरुवा अस्पतालमा अपरेशन कक्ष निर्माण गरि गर्भवती महिलाको शल्यक्रिया गरेका हुन ।   इनरुवा ८ की जमिला खातुनको दोस्रो सन्तान जन्माउन डा. साहको टोलीले इनरुवा अस्पतालकै शल्यक्रिया कक्षमा सफल शल्यक्रिया गरेको हो ।

खातुनले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन । डा. साहसंगै अपरेशन कक्ष सहयोगीको रुपमा कोशी अञ्चल अस्पतालका जयकिशोर चौधरी, मोरङ सहकारी अस्पतालका आनन्द मण्डल, प्रविण तामाङ (एनेस्थेसिया), निशा मेहता, मेडिकल अधिकृत राधा चौधरी, गाईने ईन्दिरा गौतम, सुवर्ण श्रेष्ठ, संगिता बजगाई र पुल्कित मरिकसहितको टोली रहेको अस्पतालका सूचना अधिकारी लोकेन्द्र आचार्यले जानकारी दिए । बिक्रम सम्बत १९९८ भदौ २७ गते झोडा फडानी अस्पतालको रुपमा स्थापना भएको इनरुवा अस्पताल प्रदेश राजधानी नजिकको शल्यक्रिया नहुने पहिलो जिल्ला अस्पताल भएकोले प्रदेश सरकारले प्रोजेक्टको रुफमा डा. साहलाई कन्सल्टेन्ट नियुक्त गरेर शल्यत्रिया सुरु गरेको हो । जेठो अस्पताल भएपनि पूर्वाधार, जनशक्ति को कमी मात्रै होइन  ब्लड बैंक र आइसीयू समेत नहुँदा  समस्या हुने गरेको छ ।

विरामीलाई कुनै समस्या भए तत्कालै धरान या त विराटनगर लैजानुपर्ने अवस्था छ । यदि आइसीयू, भेण्टिलेटर र ब्लडबैंकको सेवा राख्न सके विरामीलाई रेफर गर्नु नपर्ने डा.साहले बताउनुभयो ।   लाखौँ खर्च गरेर निर्माण व्यवस्था गरिएको शल्यक्रिया कक्षमा तत्काल बिरामीलाई रगतको आवश्यता हुने भएकाले ब्लड बैक बिना अपरेसन गर्न जोखिम हुने चिकित्सकहरुले बताएका छन ।  चार पाँचवर्ष पहिला ब्लड बैक स्थापनाका लागि नेपाल रेडक्रस सोसाईटी इनरुवाले सार्वजनिक पुराणको आयोजना गरेर रकम संकलन गरेपनि हालसम्म रेडक्रसले इनरुवामा ब्लड बैक स्थापनाका लागि खासै चासो देखाएको छैन ।

नेपाल रेडक्रस सोसाईटी इनरुवा शाखाका सभापति रामप्रसाद मेहताले त्यस समयमा पुराण लगाएर उठाएको रकमले पहिलो प्राथमिकतामा एम्बुलेन्स खरिद, दोस्रोमा अधुरो भवन निर्माण कार्य पुरा गर्ने र तेस्रोमा ब्लड बैक स्थापना गर्ने योजना बनाएको बताउनुभयो ।
(कान्तिपुर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्