बिराटनगरमा एक भारतीयले लिए नेपाली नागरिकता , प्रहरीले समात्यो

बिराटनगरमा एक भारतीयले लिए नेपाली नागरिकता , प्रहरीले समात्यो

बिराटनगर जेठ २८ ,

बिराटनगरमा एक जना दोहोरो नागरिकता लिने व्यक्ति पक्राउ परेका छन् । हाल बिराटनगर -१५ बस्दै आएका चन्दन कुमार दास भारतको बिहार राज्यको हरिपुर -९ अररियाबाट भारतीय स्थायी निवासी भएको पत्र (निवास प्रमाणपत्र) , भारतीय आधार कार्ड लिएका साथै बिराटनगर-१९ बाट जन्मको आधारमा जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकको परिचय पत्र लिएको पाएपछि उनलाई समातिएको हो ।

दासलाई जिल्ला अदालत मोरंगबाट नेपाली नागरिकता एन , २०६३ बमोजिम कारवाहीको लागि ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्