न्याय प्रशासन तथा बिधायन समितिले मन्त्रालयसँग माग्यो कामको विवरण, सदस्यका आफ्नै क्षेत्रका बढी समस्या

न्याय प्रशासन तथा बिधायन समितिले मन्त्रालयसँग माग्यो कामको विवरण, सदस्यका आफ्नै क्षेत्रका बढी समस्या

विराटनगर, २८ जेठ ।
न्याय प्रशासन तथा बिधायन समितिको बैठकमा सदस्यहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट घरघरमा स्टीकर टाँस्ने कार्यक्रम प्रभावकारी नभएको भन्दै आफ्नै घरमा पनि त्यस्ता स्टीकर नटाँसिएको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अहिलेसम्म नागरिकलाई देखिनेगरी गरेको कामको बारेमा जानकारी मागेको समितिले काम प्रति नै शंका गरेको हो ।

समितिका सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्रका कुरा बढी राखेका थिए । बिष्णु तुम्बाहाम्फेले मन्त्रालयले एम्बुलेन्स र दमकल खरिद गरेर सडक हुने ठाउँलाई दिने भनेपनि सडक नै नभएका ठाउँलाई के दिन्छ भनी प्रश्न गरेकी थिईन् । उनले ताप्लेजुङको आठराई गाउँपालिका जस्ता धेरै पालिकाहरुलाई प्रकोपको बेला आबस्यक पर्ने संयन्त्रको आधार के हुने भन्ने जिज्ञासा राखिन् ।
शान्ता पौडेलले रतुवा र बक्राहा खोला प्रभाबितहरु हरेक बर्ष समस्यामा पर्ने भएकोले बिधि बनाएर कार्यान्वायन गर्नु पर्ने बताईन् । सुनबर्सी र रतुवामाई नगरपालिकाहरुमा झुपडी बस्तीहरु धेरै रहेकोले त्यस्तो ठाउँमा आगलागी वा कुनै बिपद्को समयमा उद्दारको बेलामा समस्या हुने गरेकोले बस्ती ब्यवस्थित गर्न सुझाव दिईन् ।
जयराम यादव र ज्ञानेश्वर राजबंशीले आफ्नो निर्वाचन क्षेत्रमा आगलागी भईहाले दमकल टाढा भएको कारण ठुलो क्षती हुने गरेको सुनाउँदै पुष्पलाल चोकमा रहेको दमकलका कारण ढिला हुने गरेको सुनाउँदै आफ्नो निर्वाचन क्षेत्रको बिचमा पर्नेगरी दमकल राख्न मन्त्रीको ध्यानाकर्षण गराए ।

खुल्ला सिमानाका कारण अहिले पनि चोरी तस्करी हुने गरेको र त्यहाँ त्यसलाई रोक्न बसेका प्रहरीलाई बस्ने समेत राम्रो प्रबन्ध नहुँदा उनीहरुलाई काम गर्न असहज हुने गरेकोले तत्काल प्रहरीको ब्यवस्थापन गर्न सुझाए ।
बसन्तीदेबी यादवले सिमा क्षेत्रका ८० प्रतिशत युवा लागु औषधको प्रयोग कर्ता रहेको जानकारी दिँदै त्यसलाई नियन्त्रणको लागि योजना बनाउन आग्रह गरिन् । समितिका सदस्य बिमल कार्कीले सडक दुर्घटनाको कारण के हो पत्ता लगाउन आग्रह गरे । दुर्घटना रोक्ने कुनै पनि कार्यक्रम प्रभावकारी नहुनुको कारण को बारेमा कार्कीले मन्त्रालयलाई खोजी गर्न भनेका छन् ।

महत्वपुर्ण बिषयमा अघि बढेर काम गर्नुस्
समितिका सभापति ईन्द्रमणी पराजुलीले मन्त्रालयको कार्यक्षेत्रका आधारमा महत्वपुर्णं काममा अलिकति अगाडी बढेर काम गर्न मन्त्रालयलाई निर्देशन दिए । उनले प्रहरी प्रशासनलाई चुस्त दुरुस्त बनाउन योजना बनाएर अघि बढ्न भनेका छन् । उनले सुशासनको प्रत्याभुति दिलाउने गरी नागरिकको पक्षमा काम गर्न छलफल पछि सुझाएका छन् ।
समितिका सदस्य तथा सभापतिले उठाएको प्रश्नमा मन्त्री हिक्मतकुमार कार्कीले तत्काल कतिपय बिषयहरु अप्ठेराका बिचमा समाधान गर्ने प्रयास भईरहेको भएपनि समितिमा उठेका बिषयहरु कार्यान्वयनमा जाने क्रममा रहेको जवाफ दिए । दमकल र एम्बुलेन्सको टेण्डर प्रक्रियाको काम यो बर्ष हुन नसकेको जानकारी गराए । उनले मन्त्रालयको कार्यक्षेत्र शान्ती सुरक्षा, सुचना संचार र कानुन निर्माणको क्षेत्र आफु जिम्मेवारी भित्र पर्ने जानकार िगराउँदै अहिले यि तिनै बिषयमा केद्रीत भएर काम गरेको बताए । ‘अहिले पनि शान्ति सुरक्षाको अधिकार प्राप्त भएको छैन, मन्त्री कार्कीले भने, सुरक्षा सम्बन्धि कानुन बनाउन समेत अख्तियारी आएन । ’
त्यस्तै मन्त्री कार्कीले समितिमा उठेको बिषयमा जवाफ दिँदै १४ जिल्लामा नै दमकल, एम्बुलेन्स, औषधि उपचार सहितको मुख्मन्त्री अत्याबश्यक सेवा केन्द्र स्थापनाको तयारी भईरहेको बताए । ७० गाउँपालिकामा बितरण गर्ने भनिएको एम्बुलेन्स बितरणको काम समेत रोएिको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्