विराटनगर, २८ जेठ । धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक भ्यानको ठक्करबाट १ जनाको ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् ।
रंगेली-बिराटनगर सडक खण्डमा बिहान एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने वर्ष १२ को मोहमद जवार, वर्ष १८ को मोहमद कैफ र बस्ने वर्ष १५ को अफसार अन्सारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याइएकोमा उपचारको क्रममा मोहमद जवारको बिहान ज्यान गएकाे हाे ।
२ जनाको यही अस्पतालमा उपचार भैरेहेकाे इलाका प्रहरी कार्यालय रंगेलीले जनाएकाे छ । ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका-७ बस्ने वर्ष २२ को गोविन्दप्रसाद अधिकारीलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।