गाडीको ठक्करबाट बालको मृत्यु पछि विराटनगर-रंगेली सडक अवरुद्ध

गाडीको ठक्करबाट बालको मृत्यु पछि विराटनगर-रंगेली सडक अवरुद्ध

विराटनगर,२८ जेठ । दूध बोक्ने गाडीको ठक्करबाट एक बालको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयवासीले मंगलबार विहान विराटनगर-रंगेली सडक अवरुद्ध गरेका छन् ।

मंगलबार विहान मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिकै दूध बोक्ने भ्यानको ठक्करबाट सोही स्थानमा १२ वषर्ीय मोहमद जवारको मृत्यु भएको हो । ठक्करबाट अन्य २ जना गम्भीर घाइते भएका छन् । चालकको लापरवाहीका कारण दुर्घटना भएको बताउँदै विरोधमा स्थानीयले विहान टायर बालेर चक्काजाम गरेका थिए । प्रहरीले चालकलाई कारवाही गर्ने बताएपछि स्थानीयले सडक खोलेका थिए ।

बिहान ६ बजे विराटनगर आउदै गरेको एन.एम.सी. डेरी उद्योग झापाको मे१च ४६०९ नम्बरको भ्यानले ‘मर्निङ वाक’मा निस्किएका पैदलयात्री धनपालथान गाउँपालिका-४ का १२ वर्यीय मोहमद जवार, १८ वर्षीय मोहमद कैफ र १५ वर्षीय अफसार अन्सारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते तीन जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । अस्पतालले मोहमद जवारलाई मृत घोषणा गरेको थियो । २ जनाको सोही अस्पतालमा उपचार भइरेहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका-७ बस्ने वर्ष २२ को गोविन्दप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएको छ । डीएसपी श्रेष्ठका अनुसार दिउँसोदेखि सडक सामान्य अवस्थामा फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्