दुईवटा चाईनिज पेस्तोलसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

दुईवटा चाईनिज पेस्तोलसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

विराटनगर २८ जेठ । विराटनगर ९ बाट प्रहरीले दुईवटा पेस्तोलसहित एक भारतीय नागरिकलाई सोमबारराति पक्राउ गरेको छ ।
भारत सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेका सिंहका साथबाट कटुवा र चाइनिज गरेर दुईवटा पेस्तोल र दुवैमा लोड हुने चार÷चार राउण्ड गोली बरामद भएको छ । प्रहरीका अनुसार दुई जना भारतीय नागरिकहरु विराटनगर आएर एउटा गेस्ट हाउसमा हिजो दिउँसो १ बजे कोठा बुक गरेर बसेका थिए ।
हतियारसहित आएर बसेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बेदप्रसाद गौतम नेत्रृत्वको टोली छापा हान्न पुगेको थियो । त्यस क्रममा सिंहलाई दुईवटा पेस्तोल र गोलीसहित पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ । उनीसँगै रहेका अर्का व्यक्ति भने त्यतिबेला गेस्ट हाउसमा नभेटिएको र खोजी थालिएको डीएसपी श्रेष्ठको भनाइ छ । गेस्ट हाउसमा नभेटिएका व्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ ।
प्रहरीले पेस्तोलसहित नेपाल छिरेका भारतीय हतियार कारोबारी भएको हुन सक्ने आशंका गरेको छ । कुनै अपराधिक घटना गराउने उदेश्यले पनि उनीहरु विराटनगर आएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्