प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको शाखा कार्यलय विराटनगरमा विस्तार

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको शाखा कार्यलय विराटनगरमा विस्तार

विराटनगर २८ जेठ । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको शाखा कार्यलय विराटनगरमा विस्तार भएको छ । विराटनगर १ नेताचोक पोखरिया स्थित शाखाको एक कार्यक्रम विच बैंकिङको उद्घाटन गरी संचालनमा ल्याईएको हो ।

शाखा कार्यलयको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बा.आङ्गबो र मेयर भीम पराजुलीले उद्घाटन गर्नुभएको थियो । मर्चेन्ट वैकिङ्गले लगानी व्यावस्थापन निक्षेप सेवा सम्बन्धी कार्य गर्दै आएको मर्चेन्ट बैंकिङ्ग लिं. अध्यक्ष विमल कुमार तिवारीले जानकारी दिनुभयो । मर्चेन्ट बैकिङ लिमिटेड काठमान्डौपछि विराटनगरमा पहिलो शाखा कार्यलय विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले अधिकतम प्रतिफल सुनिस्चत गर्न, शेयर कारोबार एवम यसको उचित व्यावस्थापन गर्न गराउने, छिटो छरितो झन्झट रहित पारदर्शी कारोबार गर्ने बजारको उतार चढाव हुने घाटा न्यूनिकरण समेत गर्ने साथै घरमै लगानी व्यावस्थापन बैकिङको सेवा उपलब्ध गराईने अध्यक्ष तिवारीले बताउनुभयो । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिडेट नेपाल धितोपत्र बोर्डबाट लगानी व्यावस्थापन र शेयर रजिष्टारको कार्य गर्न ईजाजत प्राप्त सस्था रहेको अध्यक्ष तिवारीले बताउनुभयो । कार्यक्रममा शाखा कार्यलयको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बा.आङ्गबो र मेयर भीम पराजुली, वडा अध्यक्ष,प्रध्यापक ,स्थानियको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्