ओवी समाचार प्रभाव : तीनटोलिया विच सडकको लथालिङ्ग तार व्यवस्थित भयो, स्थानीयमा खुसी

ओवी समाचार प्रभाव : तीनटोलिया विच सडकको लथालिङ्ग तार व्यवस्थित भयो, स्थानीयमा खुसी

प्रेम देवान
विराटनगर, २८ जेठ । विराटनगर १० स्थित तीनटोलीया मार्गमा अब्यवस्थित रुपमा छाडिएको बिजुलीको नाङ्गोतार ब्यवस्थित भएको छ ।

नाङ्गो तार व्यवस्थित नगरिँदा स्थानीयवासी त्रसित भएको भिडियो सहितको समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो ।
स्थानीयवासीले पटक–पटक त्यस वियषमा सम्बन्धित निकायलाई खबर गर्दा समेत सुनवाई भएको थिएन ।
आवर विराटनगरले विराटनगरका सडकमा बिजुलीका नाङ्गो तार, ब्यवस्थापन नहुँदा तीन टोलियावासी त्रसित भनेर भिडियो रिर्पोट प्रशारण गरेको दुई दिन मै नेपाल विधुत प्राधीकरण विराटनगर वितरण केन्द्रले चासो दिएको हो ।
विधुत प्राधिकरणको तार व्यवस्थित नगराउँदा जुनै पनि बेला तारमा आगो लाग्ने सक्ने अबस्था थियो । बिजुलीको तार सडकको विच भागमा लत्रिएका कारण ठूला सवारी साधनहरु उक्त स्थानबाट आउजाउमा समेत समस्या हुने गरेको थियो । उक्त स्थानमा स्कुल तथा कलेजका बसहरु धेरै हिड्ने भएका कारण नाङगो तारले स्कुल बसलाई छोयोभने जुनैसुकै बेला अप्रिय घटना घट्न सक्ने भन्दै जानकारी गराएँदै आएका थिए ।
ओबीको समाचार प्रकाशनसँगै विधुत प्राधिकरणले उक्त स्थानमा विजुलीको ३ वटा पोल गाडिदिएको छ । पोल गाडेसँगै तारहरु व्यवस्थित भएको स्थानिय प्रसन्न ढकालले बताए । विधुत प्राधिकरणले पोल गाडेसँगै तिनटोलया मार्गका स्थानिय बासीहरु हर्षित छन् ।
जनमैत्री प्रशासक
नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रका प्रमुख राजिव सिंह बिराटनगरमा आएसँगै अब्यवस्थित रहेका बिजुली ब्यवस्थापनमा चासो दिँदै आएका छन् । आम नागरिकलाई गुनसोलाई तत्काल सम्बोधन गर्ने स्वाभाव भएका सिंहले बिराटनगरका धेरै गाउँका यस्ता समस्यालाई तत्काल समाधान गर्ने प्रयास गरिरहेका छन् । ओबीमा समाचार आएसँगै चासो दिएका प्रमुख सिंहले दुईदिन भित्रै पोललाई ब्यवस्थित गराएका हुन् । अन्य क्षेत्रमा धेरै समस्या भएको गुनासाहरु आएको भएपनि त्यसलाइ पनि आबस्यकताका आधारमा समाधान गर्दै जाने सिंहले आवर विराटनगरलाइर्ए जानकारी दिए । उनले आफ्नो नम्बर समेत सार्बजनिक गर्दै कुनै समस्या भए तत्काल फोन गर्न आग्रह समेत गरेका छन् ।

https://www.facebook.com/ourbrt/videos/1093364630857219/?v=1093364630857219

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्