सामाजिक कार्यमा अग्रसर डिसहोम, सन्दकपुरका दुई बिद्यालयमा बाँड्यो झोला र शैक्षिक सामाग्री

सामाजिक कार्यमा अग्रसर डिसहोम, सन्दकपुरका दुई बिद्यालयमा बाँड्यो झोला र शैक्षिक सामाग्री

ईलाम, २९ जेठ ।
टेलिभिजन नेटवर्कको सेवा दिइरहेको डिसहोमको सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले इलामको दुई बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ ।

ईलामको सन्दकपुर गाउँपालिका ३ मा अवस्थित दुई आधारभूत विद्यालयका सय जना विद्यार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरेको हो । डिसहोमले सुलुबुङका बालनिकेतन आधारभूत विद्यालय र युवा आधारभूत विद्यालयका विद्यार्थीलाई झोलासहितका शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

डिसहोमले दुवै विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरेर विद्यार्थीलाई शैक्षिक सामग्री बाँडेको हो । दुवै कार्यक्रममा सन्दकपुर वडा नम्बर ३ का वडाध्यक्ष सहित डिसहोमका कर्मचारीहरु उपस्थित थिए । डिस मिडिया नेटवर्क लिमिटेडका मेची अन्चल अफिसर प्रज्वल अधिकारी, डसहोमको सब डिलर सुनाखरी किराना स्टोरका प्रोप्राइटर हेमन्त निरौला र निरौला हेल्थ क्लिनिकका तोयानाथ निरौला पनि अतिथीका रुपमा थिए ।

मेची इन्चार्ज प्रज्वल अधिकारीले सामाजिक सेवा अन्तर्गत कम्पनीले गरिब तथा बिपन्न बर्गका विद्यार्थीलाई सहयोग गरेको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालनमा ल्याईने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्