दुईजनामा डेंगुको संक्रमण देखिएपछि विराटनगरमा मालाथिन फगी स्प्रे गर्न शुरु

दुईजनामा डेंगुको संक्रमण देखिएपछि विराटनगरमा मालाथिन फगी स्प्रे गर्न शुरु

विराटनगर, २९ जेठ ।
विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिए पछि औषधि छर्न थालएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएपछि थप संक्रमण हुन नदिनका लागि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भएको महानगरपालिका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिईन् ।

विराटनगर महानगरपालिका भित्र डेंगु नियन्त्रणका लागि मालाथिन फगी स्प्रे गर्न आजदेखि शुरु हुने भएको छ। महानगरले आज विराटनगरको वडा नम्बर १, २, ३, र १० मा छर्दैछ ।
भोली ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा, यसैगरी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा मालाथिन फगी स्प्रे गर्ने कार्यक्रम तय गरेको छ । यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि महानगरले आग्रह गरेको छ ।
डेंगु सक्रमित लामखुट्टेले दिउसो मात्र टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको पनि महानगरले जनाएको छ । तर फगी स्प्रे गर्दा भित्री ठाउँहरुमा भन्दा पनि बढी मुख्य सडकहरुमा मात्र छर्कने काम भएको छ । भित्री सडक, पानी जमेको ठाउँ तथा टायरहरु भएका ठाउँ र भित्री गल्लीहरुमा स्प्रे नहुने गरेको स्थानीयले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्