तेह्रथुममा जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

तेह्रथुममा जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

तेह्रथुम, जेष्ठ २९ गते ।

तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको बाबुले आज बिहान ७ बजे दिएको जाहेरीको आधारमा तत्काल प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २१ बर्षीय पदम रसाईली सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्